Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

अवैध उत्खनन राेक्न समन्वय समितिकाे भूमिका हुनुपर्छ : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवले जिल्ला समन्वय समितिकाे कार्यक्षेत्रकाे दायरालाई फराकिलाे बनाउनुपर्नेमा वताएका छन् ।

जिल्ला समन्वय समिति पर्साकाे चाैथाे जिल्ला सभालाई सम्बाेधन गर्दै जिल्ला समन्वय समिति पर्साकाे पछिल्लो कार्यकाल समग्रमा प्रभावकारी भएकाे बताए । जिसस पर्साका प्रमुख निरन्जन साह साेनारले सबै स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह गरेकाे जसपाका प्रमुख सचेतकसमेत रहेका यादवकाे भनाई छ ।

समन्वय समितिलाई अधिकार नदिएकाे गुनासाेप्रति ध्यानाकर्षण भएकाे बताउँदै सांसद यादवले अधिकार सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले अवैध रूपमा हुने उत्खननलाई राेक्नका लागि समन्वय समितिकाे भूमिका प्रभावकारी हुनुपर्नेमा जाेड दिए । उनले भने, “समन्वय समितिले वातावरण संरक्षणका कामलाई पनि ध्यान दिन आवश्यक छ । पछिल्लाे समय बढ्दै गएकाे जलवायु प्रदुषणकाे जाेखिमलाई कम गर्नका लागि पनि समन्वय समितकाे अहम भूमिका हुन्छ ।”

उद्योगलाई वातावरणमैत्री बनाउनका लागि अनुगमनलाई तिव्रता दिन सुझाव पनि उनले दिए । जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह साेनारकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह लगायतकाे पनि उपस्थिति रहेकाे सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...