Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज १५ मा अतिक्रमण गरेर बनाइएको संरचना हटाइयो

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्वर १५ मा सडक अतिक्रमण गरि बनेका भौतिक संरचना हटाइएको छ । प्रतितमा चोक भित्रतर्फको ट्रान्सफरमर चोकदेखि ध्रुब यादवको घरसम्म निर्माणाधिन सडकको दायाँबायाँ परेका घर टहरा महानगरको टोलीले आइतबार डोजर लगाएर हटाएको हो ।

सडकको दायाँ बायाँ परेका ७ वटा पक्कि भवन तथा टहरा हटाएको महानगरका प्रहरी प्रमुख हरि भुषालले जानकारी दिनुभयो । सडक निर्माण भइरहेको र सडकमा परेका संरचना हटाउन पटक पटक अनुरोध गर्दा पनि अटेर गरेपछि महानगरको टोली पुगेर संरचना हटाएको हो ।

स्थानीयलाई संरचना हटाएर सडक निर्माण सहयोग गर्न पटक पटक अनुरोध गर्दा पनि अटेर गरेपछि महानगरको टोली बोलाएर अतिक्रमित संरचना हटाइएको वडा नम्वर १५ का वडा अध्यक्ष रमेश यादवले बताए ।

‘स्थानीयलाई पटक पटक अतिक्रमण गरेर संरचना हटाउन म आफैले अनुरोध गरे,’ उनले भने, ‘अटेर गरेपछि सडक निर्माणलाई अघि बढाउन महानगरको टोली बोलाएर अवरोध हटाउने लगाएको हुँ ।’ महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी तथा अतिक्रमित जग्गा मुक्त गराउने अभियान नै चलाइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...