Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा नि:शुल्क महिला स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नं. ३ बिजबनियामा शुक्रबार पाठेघर (आंग) खस्ने, अबष्ट्रेटीक फिस्टुला, पाठेघर क्यान्सर, भी.आई.ए. सम्बन्धि निशुल्क जाँच शिविर सम्पन्न भएकाे छ ।

स्वास्थ्य चाैकी बिजबनियामा भएकाे शिविरकाे उद्घाटन गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गरेका थिए । शिविरकाे उद्घाटन गर्दै अध्यक्ष यादवले महिलाहरु प्रजनन् स्वास्थ्य प्रति सजग रहन जरुरी रहेकाे वताए । 

प्रभु हस्पिटल वीरगंजकाे सहकार्यमा भएकाे शिविरमा ४ सय जना भन्दा बढी महिलाहरुले जाँच गराएकाे गाउँपालिकाका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहले जानकारी दिए । गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे शिविरमा सहभागि महिलाहरुलाई आवश्यकता अनुसार औषधी पनि वितरण गरिएको थियाे ।

प्रजनन् रुग्णता स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत भएकाे शिविरमा प्रभु हस्पिटलकी वरिष्ठ स्त्रीराेग विशेषज्ञ डाक्टर लक्ष्मी थापा नेतृत्वको चिकित्सक र पाेखरिया अस्पतालका स्वास्थ्यकर्मीहरुकाे टाेलीले महिलाहरुकाे स्वास्थ्य परिक्षण गरेकाे थियाे ।

शिविरमा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडा नम्बर ३ का वडाध्यक्ष सुवास यादव, स्वास्थ चौकी बिजबनियाका ईन्चार्ज अमोद कुमार साह, स्वास्थ्यकर्मी  अशाेक पटेल, दिलिपराज कार्की लगायतको पनि उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...