Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

सबैठवामा दुई दिने आयुर्वेद स्वास्थ्य शिविर सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवामा बिहिबारदेखि नि:शुल्क २ दिने बिशेषज्ञय आयुर्वेद स्वास्थ्य शिविर सुरु भएकाे छ । 

सात्वीक आययुर्वेद अस्पतालको सहयोग प्रादेशिक आर्युर्वेद तथा बैकल्पिक चिकित्सालय वीरगंज पर्साको आयोजना र पकहाँ मैनपुर गाउँपालिकाको प्रायाेजना शिविर सुरु भएकाे हाे । 

शिविरकाे एक कार्यक्रमकाे बिच पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद मेहताले उद्घाटन गरेका हुन् । शिविरकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मेहताले आयुर्वेदिक उपचार नै स्वास्थ्यकाे लागि ठिक भएकाे वताए । 

वडाअध्यक्ष बलिराम चौरसियाको अध्यक्षतामा भएकाे शिविर उद्घाटन कार्यक्रमका बिशिष्ठ अतिथी डा. सचित कुमारले पर्सामा ५ वटा आयुर्वेद अस्पतालको शाखा निमार्ण गराउन आफु उत्सुक रहेको बताए ।

गाउँपालिका उपाध्यक्षकी स्वकीय सचिव नसुरुल्लाह मियाँले अंग्रेजी औषधीले शरीरलाई हानी पुर्‍याउने गरे पनि आयुर्वेदले नपुर्‍याउने गरेकाे बताए ।

श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय सबैठवामा सुरु भएकाे शिविर उद्घाटन समारोहममा प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहा, डा. रमेश मिश्र, डा. प्रभाकर मनु, डा. उमेश साह लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

शिविरकाे पहिलाे दिन बिहिबार २ सय ५० महिला र २ सय ३१ जना पुरुषले चेकजाँच गराई औषधी समेत लिएकाे आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...