Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज महानगरद्वारा ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्न कार्यदल गठन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको आम सञ्चार माध्यम प्रवर्धन तथा नियमन समितिले ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि तयार गर्न कार्यदल गठन गरेको छ ।

आम सञ्चार ऐन २०७८ तथा बीरगंज महानगरपालिकाको १२ औं नगर सभाले ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्ने नीति अवलम्बिन गरेसँगै कार्यविधि तयारका लागि समितिका सदस्य रामनारायण कुर्मी, नवराज फुयांल, आविद हुसेन, माधुरी महतो र कानुन अधिकृत ईश्वर बराल रहने गरी ५ सदस्यीय कार्यदल गठन गरेको समितिका संयोजक धुव अधिकारीले जानकारी दिए ।

त्यसैगरी समितिको वैठकले वीरगंज महानगरपालिकाको टेण्डर, विज्ञापन लगायत अन्य सुचना राष्ट्रिय तथा स्थानिय माध्यमहरुबाट प्रकाशन तथा प्रशारण गराउन दर रेटमा विविधता पाईएको हुँदा त्यसलाई एकरुपतामा ल्याउन दर रेट निर्धारण कार्यदल समेत गठन गरेको छ ।  समितिका मनोज पटेल, मुस्कान श्रेष्ठ र अमित अग्रवाल सदस्य रहेको कार्यदलले एक साता भित्र प्रतिवेदन पेश गर्ने निर्णय वैठकले गरेको संयोजक अधिकारीले बताए ।

त्यसैगरी वैठकले लोक कल्याणकारी विज्ञापन वापतको अन्तिम किस्ताको विल लगायत आवश्यक कागजात ५ दिन भित्र सुचना शाखामा पेश गर्न वीरगंजका सम्पूर्ण आम सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

आम सञ्चार माध्यम प्रवर्धन तथा नियमन समिति वीरगंज महानगरपालिकाका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकमा नगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, वीरगंज महानगरपालिकाका प्रशासन प्रमुख राज ताम्राकार, सूचना तथा प्रशारण शाखा प्रमुख शम्भु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...