Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

वीरगंज महानगरद्वारा ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्न कार्यदल गठन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको आम सञ्चार माध्यम प्रवर्धन तथा नियमन समितिले ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि तयार गर्न कार्यदल गठन गरेको छ ।

आम सञ्चार ऐन २०७८ तथा बीरगंज महानगरपालिकाको १२ औं नगर सभाले ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्ने नीति अवलम्बिन गरेसँगै कार्यविधि तयारका लागि समितिका सदस्य रामनारायण कुर्मी, नवराज फुयांल, आविद हुसेन, माधुरी महतो र कानुन अधिकृत ईश्वर बराल रहने गरी ५ सदस्यीय कार्यदल गठन गरेको समितिका संयोजक धुव अधिकारीले जानकारी दिए ।

त्यसैगरी समितिको वैठकले वीरगंज महानगरपालिकाको टेण्डर, विज्ञापन लगायत अन्य सुचना राष्ट्रिय तथा स्थानिय माध्यमहरुबाट प्रकाशन तथा प्रशारण गराउन दर रेटमा विविधता पाईएको हुँदा त्यसलाई एकरुपतामा ल्याउन दर रेट निर्धारण कार्यदल समेत गठन गरेको छ ।  समितिका मनोज पटेल, मुस्कान श्रेष्ठ र अमित अग्रवाल सदस्य रहेको कार्यदलले एक साता भित्र प्रतिवेदन पेश गर्ने निर्णय वैठकले गरेको संयोजक अधिकारीले बताए ।

त्यसैगरी वैठकले लोक कल्याणकारी विज्ञापन वापतको अन्तिम किस्ताको विल लगायत आवश्यक कागजात ५ दिन भित्र सुचना शाखामा पेश गर्न वीरगंजका सम्पूर्ण आम सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

आम सञ्चार माध्यम प्रवर्धन तथा नियमन समिति वीरगंज महानगरपालिकाका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकमा नगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, वीरगंज महानगरपालिकाका प्रशासन प्रमुख राज ताम्राकार, सूचना तथा प्रशारण शाखा प्रमुख शम्भु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित, मनिष झा पराजित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । रास्वपाकाे प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि सम्पन्न निर्वाचनमा...

एनवाईईएफ वीरगंज च्याप्टरको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा चन्दन सिंह

वीरगंज । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपालिज यंग इन्टरप्रेनर्स फोरम (NYEF) वीरगंज च्याप्टरको छैटौँ वार्षिक साधारणसभा (6th Annual General Meeting–AGM) शुक्रबार वीरगंजस्थित होटल सिद्धार्थ...