पर्सा । समृद्धीका लागी वन कार्यक्रम समुदायमा आधारित दिगो वन ब्यवस्थापनको डिभिजन स्तरिय ५ दिने अभिमुखिकरण गोष्ठी मंगलबार वीरगंजमा सम्पन भएको छ ।
डिभिजन वन कार्यालय पर्साको आयोजनामा भएको गाेष्ठिमा डिभिजन प्रमुख शुबास चन्द्र दास, सहायक वन अधिकृत फरमान मियाँ, वन अधिकृत सुमन पाण्डेले प्रशिक्षण दिएका थिए । गाेष्ठिमा बिन्दवासिनी, गादी र सबैया साझेदारीका संयोजक तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
गाेष्ठिकाे अन्तिम दिन मंगलबार समापन समारोहमा गादीमाई साझेदारीका बिभल्व पटेल, सहरुम गदी, बिन्वासिनी साझेदारीका किशोरी कुश्वाहा, रामबाबु कलवार लगायतकाले मन्तब्य राखेका थिए ।
साझेदारीले अन्तिम रुप औपचारिक रुपमा नपाउदा आमजनता तथा वन उपभोग्ताहरु मर्कामा पर्दै आएका छन । यहि आसार मासान्त भित्र ३ वटै साझेदारीको गठन पश्चात वन सम्बन्धी नियमित काम शुचारु हुने वन कार्यालय पर्साले जनाएको छ ।


