Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हेलमेटमा लुकाएकाे ८ लाख रुपैयाँसहित एक युवक पक्राउ

spot_img
spot_img

वीरगञ्ज । पर्सा प्रहरीले हुण्डी कारोवारकाे आराेपमा एक जनालाई आठ लाख रकमसहित पक्राउ गरेको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ स्थित सडकखण्डबाट प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी ३३ वर्षीय सुनिल कुमार साहलाई पक्राउ गरेको हो । 

भारतको रक्सौलबाट ना. २८ प ९००८ नम्बरको मोटरसाइकलमा वीरगंजतर्फ आउँदै गरेको अवस्थामा शंकाको आधारमा प्रहरीले चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

प्रवक्ता गिरीका अनुसार चेकजाँचको क्रममा साहले लगाएको हेलमेटभित्र लुकाएको अवस्थामा स्रोत नखुलेको १ हजार दरको नोट ८ सय थान बरामद भएको हो । साहको साथबाट बरामद भएको नेपाली ८ लाख रुपैयाँ, उनी सवार मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिइएको प्रवक्ता गिरीले वताए ।

साह विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको उनले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...