Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

वीरगंजमा वर्ल्ड लिङ्कको आकर्षक अफर

spot_img
spot_img

वीरगंज । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको शाखा वीरगंजकाे आदर्शनगरमा विस्तार भएको छ ।

उत्कृष्ट इन्टरनेट सेवा उपलब्ध गराउँदै देशकै सबैभन्दा ठूलो सेवा प्रदायक बनेको वर्ल्ड लिङ्कले वीरगंजकाे आदर्शनगरमा शाखा विस्तार गर्दै सुविधा सम्पन्न कार्यालय स्थापना गरेको हो । आदर्शनगरस्थित कार्यालयमा पहिलोको भन्दा धेरै ठाउँ भएको हुँदा जनशक्ति पनि थपिएको छ ।

सेवाग्राहीलाई छिटोछरितो र कार्यालय सम्मको पहुँचलाई बढाउन आदर्शनगरस्थति एसबीआइ ब्याङ्क भन्दा २ सय मिटर पश्चिम तर्फ कार्यालय स्थापना गरिएको वीरगंज शाखाका प्रमुख अरफात देवानले जानकारी दिए ।

इन्टरनेट सेवा उपलब्ध गराउनुका साथै वर्ल्ड लिङ्कले आफ्नो सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै विभिन्न सामाजिक क्रियाकलाप पनि गर्दै आएको छ । सामाजिक क्रियाकलाप अन्तर्गत कम्पनीले भर्खरै वीरगंजकाे एक दर्जन स्थानमा नि:शुल्क वाइफाइ जडान गरेको हो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष पहल कम्पनीले उक्त कार्य गरेको र भविष्यमा थप स्थानमा वाइफाइ जडान गर्ने योजना रहेको शाखा प्रमुख देवानले बताए ।

त्यस्तै कम्पनीले पछिल्लो समय बढेको गर्मीका कारण चलेको तातो हावा (लू) बाट परेको प्रभावलाई कम गर्न स्थानीयहरूलाई चिसो पानी र सर्बत पनि वितरण गरेको उनले जानकारी दिए ।

वर्ल्ड लिङ्कले आगामी दिनमा स्थानीयहरूलाई सुलभ दरमा इन्टरनेट उपलब्ध गराउन नयाँ र सस्तो प्याकेज पनि घोषणा गर्न लागेको छ । सबैलाई इन्टरनेटको पहुँचमा ल्याउन कम्पनीले यस नीति अन्तर्गत काम गरिरहेको देवानले बताए । कम्पनीले साना व्यवसायी, विद्यार्थी र एकल परिवारका लागि पनि छुट्टै सस्तो र भरपर्दो प्याकेजहरू ल्याएको छ ।

देवानले समयमै वर्ल्ड लिङ्कको कार्यालयमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सम्पर्क गरेर प्याकेजको फाइदा उठाउन आग्रह गरेका छन् । उनले फोन नम्बर ०५१५२३३८१ र ०५१५२१४९० मा सम्पर्क गरेर पनि ग्राहकले सेवा र प्याकेजको बारेमा जानकारी लिन सक्ने जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...