Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पटेर्वा सुगौलीको ११ औँ गाउँ सभा सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाँउपालिकाको ११ औँ गाउँ सभा आइतबार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष दिनेश चाैधरीकाे अध्यक्षतामा भएकाे गाउँ सभामा उपाध्यक्ष ममता महतो थारुले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३८ करोड १५ लाख ६ हजार ३ सय रुपैयाँको अनुमानित आय व्ययसहितको बजेट प्रस्तुत गरेकी थिइन ।

गाउँपालिका अध्यक्ष दिनेश चौधरीले नीति तथा कार्यक्रममा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्र मुख्य प्राथमिकतामा राखेको बताए । सबै क्षेत्र विकास मुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष चौधरीले आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिएको  दाबी गरे । 

गाउँ सभामा पालिकाले विभिन्न क्षेत्रमा योगदानपु-याएका व्यक्तित्व र कर्मचारीलाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरी सम्मानित पनि गरिएको प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवले जानकारी दिए ।

गाउँ कार्यपालिकाकाे कार्यालय प्राङ्गणमा भएकाे सभामा समाजसेवी प्रमेश्वर गौराे, प्रमुख प्रसाशकिय अधिकृत संदेश यादव, वडाअध्यक्ष फरमान मियाँ, माधो राउत थारु, बासु पंजियार, बिजय गैरे, बिपिन मुखिया, लेखापाल सोनु सोनी, योजना प्रमुख राजकुमार महतो, शिक्षा प्रमुख शम्भु साह, अन्य कर्मचारी, शिक्षक, स्वास्थ्य कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...