Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरकाे बजेट रु ३२ करोड ५० लाख

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाकाकाे १० औं गाउँ सभामा आर्थिक बर्ष २०८०।०८१ निती, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे छ ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसादको अध्यक्षतामा भएको गाउँ सभामा रु ३२ करोड ५० लाख ७७ हजार बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले वताए ।

गाउँ कार्यपालिकाकाे कार्यालय पकहाँ मैनपुरमा भएकाे सभामा गाउँपालिकाकी उपाध्यक्ष सर्फुननेशाले बजेट प्रस्तुत गरेकी थिइन । सभामा शिक्षा र कृर्षीलाई प्राथमिकतामा राखेर अघि बढनु पर्ने छलफल भएकाे थियाे ।

पालिकाका शाखा प्रमुखहरुले आ आफनो क्षेत्रका समस्या र सामाधानका लागी बजेट बिनियोजन गर्नु पर्ने वताएका थिए । गाउँ सभाका सदस्यहरुले मिलेर जाने प्रतिबद्धता समेत जनाएका थिए ।

अगामी बर्षकाे बजेटमा श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा भवन निर्माण र कृषि सिचाईकाे लागि बिधुतको पोलमा तार तान्नका प्राथमिकतामा राखिएकाे गाउँपालिका अध्यक्ष मेहताले वताए ।

सभामा वडाध्यक्ष विनाेद मेहता, संजय चौहान, मुकुट चौहान, ढेडी प्रसाद यादव, बलिराम चाैरसियासहित गाउँ सभा सदस्य, गाउँपालिकाकाे कर्मचारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...