Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरकाे ९ औं गाउँ सभा : ४१ कराेड ८८ लाख बराबरकाे बजेट प्रस्तुत

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ९ औं गाउँ सभाले आ.व. २०८०।०८१ को नीति तथा कार्यक्रमहरु सर्वसहमतीले पारित गरेकाे छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षमा सम्पन्न गाउँ सभामा अगामी आर्थिक बर्ष २०८०/०८१ काे लागि रु ४१ कराेड ८८ लाख १० हजार एक सय एक बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे हाे ।

प्रस्तुत बजेट अनुसार भौतिक पूर्वाधार तथा विकास कार्यक्रममा ७ कराेड ६ लाख, कृषि तथा पुशमा ८५ लाख ५० हजार, समाजिक विकास तर्फ शिक्षामा २ कराेड ३५ लाख २० हजार, स्वास्थ्यमा एक कराेड १३ लखा, खाने पानी तथा चपाकाल जडानमा ४६ लाख ५० हजार, खेलकुदमा १२ लाख, समाजिक समावेशीकरणमा एक लाख बजेट छुट्याइएकाे छ । 

यसैगरी वन तथा विपद व्यवस्थापनमा ४७ लाख ५० हजार, सोलार सौर्यवती तथा विजुली वती जडानमा ४३ लाख, माठ मन्दिर मस्जिद तथा संस्कृतिक सम्पदा जगेर्नेमा एक कराेड ४३ लाख, कार्यालय संचालन प्रशासनिक खर्च तथा जनप्रतिनिधहरुको सेवा सुविधा तथा कार्मचारीहरुको तलव भतामा ८ कराेड ७९ लाख ९० हजार एक सय एक बजेट छुट्याइएकाे उपाध्यक्ष बबिता सिंहले वताइन ।  

उनले व्यय तर्फ नेपाल सरकारको सर्शत चालु १६ कराेड २६ लाख, पुजीगत खर्च ८६ लाख, समपुरक अनुदान ५० लाख, नेपाल सरकारको विशेष अनुदान ८० लाख, प्रदेश सरकारको समपुरक अनुदान २० लाख प्रदेश सरकारको विशेष अनुदान ३० लाख रहेकाे वताइन । 

गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक बर्षकाे नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । उनले विद्यालयलाई अपाङ्गता तथा बालमैत्री  बनाइने वताए ।

उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।” साथै एमबिबिएस अध्ययनकाे लागि नाम निकाल्नेहरुलाई आर्थिक सहयाेग सहित सम्मान समेत गरिने अध्यक्ष यादवले वताए ।  

अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताए । उनले सासु, ससुरालाई राम्राेसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत वताए ।

उनले प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने वताए ।

उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए ।

श्री ने.रा.मा.वि. संठीकाे विद्यालय प्राङ्गणमा भएकाे गाउँ सभाकाे ९ औं अधिवेशनकाे प्रदेस सभा सदस्य शंकर प्रसाद चौधरी, गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बबिता सिंह, प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन रायले संयुक्त रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरीकाे प्रमुख आतिथ्यतामा भएकाे गाउँ सभामा नेपाली कांग्रेस पर्साका सह सचिव नबिन सिंह, महाधिवेशन प्रतिनिधि सहरुम राउत गद्दी, महम्द अफताब आलम, क्षेत्रिय सचिव बलिष्टर अहमद, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, लेखापाल सन्देश कुशवाहा, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महताे नुनिया, अयाेध्या प्रसाद कुर्मी ,गाउँपालिका अन्तर्गतका वडा सचिव, कर्मचारी, शिक्षक, संचारकर्मीसहित स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...