Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

परवानिपुर गाउँपालिकाको बजेट ३५ करोड ७७ लाख

spot_img
spot_img

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाको १२ औं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै झन्डै ३६ करोड रुपैयाँको बजेट ल्याएको छ । 

गाउँपालिकाले गाउँसभाबाट चालू आर्थिक वर्षको प्रगति विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि ३५ करोड ७७ लाख ४४ हजार रुपैयाँको आय विवरणसहित बजेट पारित गरिएको हो ।

केन्द्र सरकारले विभिन्न अनुदानमा कटौती गरेपछि परवानीपुर गापाको आगामी आवको बजेट पनि घटेको प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले बताए ।

गापा उपाध्यक्ष सुगन्धीदेवी कनुइनले प्रस्तुत गरेकी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता, सीपमूलक कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन गर्ने, सिंचाइ, खानेपानी, भौतिक संरचनालगायतका योजनाहरूमा विशेष जोड दिएको बताइन् ।

आगामी बजेटमा सङ्घ सरकारबाट वित्तीय समानीकरणमा ९ करोड ६३ लाख, सशर्त अनुदान चालूतर्फ ९ करोड ४५ लाख, सङ्घीय सशर्त अनुदान पूँजीगततर्फ ७० लाख, सङ्घीय सरकार समपूरक अनुदान ५० लाख, सङ्घीय विशेष अनुदान १ करोड प्राप्त भएको छ भने प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ६७ लाख ९९ हजार, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, सङ्घीय राजस्व बाँडफाँड ६ करोड ३१ लाख ४५ हजार, आन्तरिक स्रोत अनुमानित ५ करोड, २०७९/८० को नगद मौज्दात २ करोडलगायत गरी ३५ करोड ७७ लाख ४४ हजारको अनुमानित बजेट पारित भएको छ ।

गाउँपालिका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीको अध्यक्षाता र नेकपा एमालेकी बारा–३ की सांसद एवं पूर्व कृषि मन्त्री ज्याला कुमारी साहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बारा–४ (१)का प्रदेश सांसद देवनारायण चौधरी, राप्रपाका मोहन यादव, बहुअरीका अगुवा शिवशङ्कर पटेल, लोसपा नेता जगतनारायण महतो, माओवादी नेता लालबहादुर पटेल लगायतले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...