Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

सत्तारुढ दल भएपनि सरकारको गलत कामको विरोध गर्छाैं : पूर्वमन्त्री यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) प्रदीप यादवले आफू सत्तारुढ दलको सांसद भएपनि सरकारले मनलाग्दी गर्दा त्यसको पक्षमा ताली नबजाउने बताएका छन् ।

जसपाको प्रमुख सचेतकसमेत रहेका सांसद यादवले शुक्रवार प्रतिनिधिसभाकाे बैठकमा बाैल्दै जसपा सत्तारुढ दल भएपनि सरकारको गलत कामको विरोध गर्ने बताए ।

निजगढ अन्तराष्ट्रिय विमानस्थलको प्रसङ्ग झिक्दै पूर्व वनमन्त्रीसमेत रहेका यादवले भने, ‘सरकारले वास्तवमै निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन चाहेको छैन, यसमा सरकारले दोहोरो चरित्र देखाइरहेको छ ।’

आगामी आर्थिक वर्षको बजेटमा सरकारले निजगढ विमानस्थल निर्माणका लागि १२ करोड १० लाख रुपैयाँ मात्रै विनियोजन गरेको भन्दै यादवले भने, ‘१२ करोड १० लाख बजेटले विमानस्थल बन्छ त ? नबनाउने नियत नै हो भने यति थोरै रकम विनियोजन गरेर नाटक किन गरेको सरकारले ? यसतर्फ म नागरिक उड्ययन तथा पर्यटनमन्त्रिको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद यादवले वीरगंज कारागार सुधारगृह नभई यातना गृह भएको टिप्पणी पनि गरे । क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको र भौतिक संरचनापनि अत्यन्त जीर्ण भइसकेको वीरगंज कारागार सुधारगृह नभइ यातना गृह बनेको उनले दोहोर्‍याए । यादवले भने, ‘यस बारे सदनमा मैले यसअघिपनि सरकारको ध्यानाकर्षण गराइएको थियो । तर नयाँ बजेटमा वीरगंज कारागारको स्तरोन्नत्ती बारे एक रुपैयाँपनि रकम विनियोजन गरिएको छैन । वीरगंजसंगै देशभरका कारागारहरुको अवस्था दयनीय हुदाँपनि गृहमन्त्रीको ध्यानाकर्षण हुन नसक्नु दु:खद भएको यादवले बताए ।

हालै चीनको भ्रमण गरेर फर्किएका जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका यादवले चीनसँग जोडिएको नेपालको सीमामा नेपाली सुरक्षाकर्मीको पोष्ट खाली रहेको अवस्थामा भेटिएको बताए । उनले भने, ‘हालै चीन भ्रमणमा हामी सांसद्हरुको टोली गएका थियौं । हुम्लाको हिल्सा नाकामा पुग्दा त्यहाको पोष्ट खाली थियो, एकजनापनि प्रहरी थिएनन् । संवेदनशील नाकामा यस्तो चरम लापरवाही किन ? भन्दै उनले गृहमन्त्रीसँग प्रश्न गरे ।

यादवले चीनका नाकामा खटिएका नेपाली सुरक्षाकर्मीहरुको सेवासुविधा र बन्दोवस्तीमा सरकारले ध्यान नदिएका कारण त्यहाका नेपाली प्रहरीहरु अत्याधिक चिसोले पोष्ट छाडेर अन्तै गएर बस्ने गरेको अवस्था पाइएको यादवले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...