Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

कालीकामाईबाट लागु औषध चरेसहित एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर ५ सेमराबाट सशस्त्र प्रहरीले लागु औषध चरेसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा कै छिपहरमाई गाँउपालिका वडा नम्बर ५ भिस्वाका ३७ वर्षिय राजेश साह रहेका छन् । साह १५ किलो ५०० ग्राम चरेशसहित पक्राउ परेका हुन् ।

बिहीबार दिउँसो सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सेमराबाट भिस्वातर्फ जाँदै गरेका साह सवार बीआर २२ एपी ६८१५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा मोटरसाइकलको ट्याङकी भित्र र सिटमुनि लुकाएर राखिएको ५०० ग्रामको १९ प्याकेट र २५० ग्रामको २४ प्याकेट चरेस बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताए ।

चरेससहित पक्राउ परेका साह र मोटरसाइकल आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सुचना अधिकारी बस्नेतले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...