Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

रेडियो सिमाञ्चलकाे परिक्षण प्रसारण सुरु

spot_img
spot_img

वीरगंज । नेपाल पोष्ट मिडिया प्रालिद्वारा संचालित रेडियो सिमाञ्चल ९५.१ मेगाहर्जले बुधवारदेखि आफ्नो परिक्षण प्रसारण शुरु गरेको छ ।

सिमा क्षेत्रको सूचना, संगित तथा कला संस्कृतिको जेगर्ना गर्ने उदेश्यका साथ रेडियोले प्रसारण यात्रा शुरु गरेको रेडियाेका अध्यक्ष मनाेज पटेलले वताए । रेडियोले निकट भविष्यमै नियमित प्रसारण शुरु गर्ने अध्यक्ष पटेलले जानकारी दिए ।

वीरगंज १४ श्रीपुरमा आफ्नो स्टेशन टावर राखी रेडियोले परिक्षण प्रशारण शुरु गरेको उनले बताए । पर्सामा संचालनमा रहेको बिभिन्न रेडियो तथा एफ. एम. स्टेशनको बिचमा स्रोताको माग अनुसारको कार्यक्रम गीत–संगीत, मनोरञ्जनात्मक एवं समाचार मुलक कार्यक्रमहरु प्रस्तुत गर्ने रेडियो सिमाञ्चलले लक्ष्य लिएको रेडियाेका संचालक संताेष साहले वताए ।

१०० वाट रेडियो प्रसारणको इज्जात प्राप्त गरेको रेडियोले स्रोतहरुको माग अनुसार प्रसारण क्षमता बढाउदै जाने याेजना रहेकाे अध्यक्ष साहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...