Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरमा ५५ आमाहरुलाई हाइजिनक किट वितरण

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नं. ४ खेश्राहा टोलका मुसहर वस्तीका ५५ जना गर्भवती महिला र सुत्केरीहरुलाई प्रत्यक्ष लाभ हुने गरी बिभिन्न उन्नत जातका विउ विजन कुखुरा तथा सरसफाईको लागि हाइजिनक किट वितरण गरिएको छ ।

सबैको लागि पोषण सधैको लागि पोषण वहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत पोषण मैत्री स्थानीय शासन अन्तर्गत छनौट भएका वडा नं. ४ टोल खेश्राहाका मुसहर वस्तीमा सुनौलो हजार दिनका ५५ जना आमाहरुलाई हाइजीन किट १ वटा, ब्रस १ थान, पेष्ट २ थान, तौली १ थान, डिटवल साबुन १ वटा, सर्फ १ पकेट, साबुन १ वटा धाराबाल बाल्टिन १ थान, वाटा १ थान, उन्नत जातका विउ विजन १ सेट र ४ वटा कुखुरा वितरण गरिएको पोषण सहजकर्ता गणेश रामले जानकारी दिए । 

युनिसेफको सहयोग र पकहाँ मैनपुर गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्षा सुरेश मेहता, विशिष्ट अतिथि उपाध्यक्ष सर्फुन नेशा, वडा नं. ४ का वडाध्यक्ष ढेडी यादव, स्वास्थ्य संयोजक रमेश मेहता, वडा सदस्य पप्पु गिरी, पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ लगायतकाले सुनौलो हजारका आमाहरुलाई ती सामग्रीहरु वितरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...