Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

चिल्ड्रेन पार्कको अतिक्रमित संरचना हटाउन फेरि सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले माईराम पोखरी (चिल्ड्रेन पार्क)को पश्चिमतर्फ अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको छ ।

बिहीबारबाट महानगरले अतिक्रमण गरिएका संरचना डोजर लगाएर हटाउन थालेको हो । यसअघि महानगर पूर्वतर्फको अतिक्रमित संरचना हटाएको थियो । गएको फागुन १६ गतेबाट अतिक्रमण हटाउन थालेको महानगरले अतिक्रमित संरचना हटाउन विभिन्न समयमा डोजर चलाउँदै आएको छ ।

अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन स्थानीयले पटक पटक समय मागे पनि मागेको समयमा संरचना नहटाएपछि बिहीबारबाट पुनः डोजर लगाएर हटाउन लागिएको हो ।

बिहीबार ३ वटा संरचना डोजर लगाएर हटाइएको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप कुमार चौरसियाले बताए ।

महानगरले अतिक्रमण हटाउन नापजाँच गरेर चिह्न लगाइसकेको छ । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा अहिले महानगरका ३२ वटै वडामा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउनुका साथै सार्वजनिक ऐलानी जग्गा खोजी गर्ने क्रम जारी रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...