Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंजका मेयर सिंह राष्ट्रिय परिषद सदस्यमा नियुक्त

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह राष्ट्रिय परिषद सदस्यमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री स्तरीय निर्णय बमोजिम संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय तथा अन्तर सम्बन्ध व्यवस्थित गर्न गठित राष्ट्रिय परिषद सदस्यमा नियुक्त भएका हुन् ।

गएको जेठ २६ गतेको प्रधानमन्त्री स्तरीय निर्णय बमोजिम मधेस प्रदेशबाट वीरगंज महानगरका प्रमुख सिंह सदस्य चयन हुनु भएको हो । परिषदले साझा अधिकारका विषयमा कानून तथा नीति तर्जुमाको लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने, प्रदेश तथा स्थानीय स्तरमा कार्यान्वयन हुने राष्ट्रिय हित तथा स्वार्थसँग जोडिएको विषयमा समन्वय गर्ने, राष्ट्रिय योजना, नीति तथा कानूनहरुको प्रदेश तथा स्थानीय तहमा कार्यान्वयनका सम्बन्धमा रहेका जटिलता समाधान गर्ने लगायतका विषयमा काम गर्ने गर्दछ ।

‘सरकारका तीनै तहबीचको समन्वय प्रभावकारी बनाउन यहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ,’ परिषद् सदस्यमा नियुक्त गरिएको पत्रमा भनिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...