Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

विद्यार्थीहरुलाई ४५ प्रतिशत छुटकाे माग गर्दै वीरगंजमा प्रदर्शन

spot_img
spot_img
वीरगंज । विद्यार्थीहरुकाे लागि सार्वजनिक यातायातमा भएकाे ४५ प्रतिशत छुटकाे व्यवस्था लागु गर्न माग गर्दै प्रभु साह नेतृत्वकाे आम जनता पार्टी निकट आम विद्यार्थी माेर्चाले बुधबार वीरगंजमा विराेध प्रदर्शन गरेकाे छ ।
 
वीरगंजकाे बसपार्कबाट सुरु भएकाे विराेध प्रदर्शन जिल्ला प्रसासन कार्यलय वीरगंजमा पुगि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र समेत बुझाएकाे आम विद्यार्थी माेर्चा पर्साका अध्यक्ष दिपेन्द्र साहले जानकारी दिए ।
 
सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई भएको ४५% छुटको व्यवस्था लागु गर्नुकाे साथै अपाङ्ग, जेष्ठ नागरिक र महिलालाई आरक्षण सीटको व्यवस्था लागू गर्न हाम्राे माग रहेकाे उनले वताए ।
 
आम बिद्यार्थी मोर्चाका केन्द्रिय अध्यक्ष बिबेक साह नेतृत्वकाे विद्यार्थीहरुले देशभर जस्तै जिल्ला प्रशासन कार्यालय पर्सामा समेत पुगि विद्यार्थी छुटकाे व्यवस्था कार्यन्वयन गराउन माग गर्दै ज्ञापन पत्र बुझाएकाे जिल्ला अध्यक्ष दिपेन्द्रले जानकारी गराए ।
 
आम विद्यार्थी माेर्चाले वुझाएकाे ज्ञापन पत्रमा विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५% छुटको व्यवस्था रहेको विषय सर्वविदित नै छ । तर विडम्बना अहिले मुख्यतः काठमाडौं उपत्यका बाहेक देशका अधिकांश ठाउँहरुमा व्यवहारतः विद्यार्थीहरुलाई सार्वजनिक यातायात ४५% छुट लागु भएको नदेखिएकाे उल्लेख छ ।
 
कलैया, जितपुर र पोखरीया लगायतका ठाउँहरुबाट विद्यार्थीहरु दिनहुँ विरगंजमा अध्ययन गर्न आउदा सार्वजनिक यातायातमा विद्यार्थीहरुले छुट समेत नपाईरहेका विषय आम विद्यार्थी माेर्चाले ज्ञापन पत्र मार्फत अवगत गराउँदै यस्ता गलत कार्यहरुलाई तुरन्त रोकी यस क्षेत्रमा पनि नियमानुसारको सम्पूर्ण व्यवस्था कार्यान्वयनमा ल्याउन माग गरेकाे छ ।
 
 साे ज्ञापन पत्र जिल्ला ट्राफिक प्रहरी कार्यालय, विरगंज र बस व्यावसायी संघ, विरगंजलाई समेत वाेद्धार्थ गरिएकाे छ ।
 
ज्ञापन पत्र बुझाउन आम बिद्यार्थी मोर्चाका ईन्चार्ज उमेश कुशवाहा, मधेस प्रदेस सह- इन्चार्ज दिपेन्द्र साह, मधेस प्रदेस अध्यक्ष राकेश बैठा लगायतकाे सहभागिता रहेकाे थियाे ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...