Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

वीरगंज महानगर : बजेटमा सबैको अपनत्व दिलाउने प्रयास

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति,  कार्यक्रमका तथा बजेटकाे लागि यहाँका राजनीतिक दलका प्रतिनिधिसँग सुझाव लिएका छन् ।

- Advertisement -

आगामी आ.व.को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सोमबार सबै राजनीतिक दलका प्रतिनिधिबाट राय सुझाव लिइएको महानगर प्रमुख सिंहले बताए । बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको महानगरले बजेटमा सबैको अपनत्व बनाउन यहाँ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिसँग राय सुझाव लिएको हो ।

वीरगंज बनाउन सबै लाग्नु पर्ने भएकाले बजेटमा सबैको सुझाव र सल्लाह समेट्न खोजिएको महानगर प्रमुख सिंहले बताए । राजनीतिक दलका प्रतिनिधिहरुले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय दिएका हुन् ।

नेपाली कांग्रेस वीरगंज महानगरका सभापति मणिन्द्रलाल श्रेष्ठले ट्राफिक समस्या समाधान गर्न विभिन्न स्थानमा स्काई बिज्र बनाउनु पर्ने, पछि जोडिएका वडाहरुमा सडक संजाल विस्तार गर्नु पर्ने लगायतका सुझाव दिए ।

नेकपा एमाले वीरगंज महानगर कमिटीका अध्यक्ष राजेन्द्र प्रसाद यादवले अहिले पानीको विकराल समस्या देखिएकोले यसको समाधानका लागि दीर्घकालिन उपाय खोज्न आग्रह गरे ।

नेकपा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरीले सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर सुझाव लिने परम्परा थालेकोमा महानगर प्रमुख सिंहलाई धन्यवाद दिए ।

उनले वीरगंजकाे लाइफलाइनको रुपमा रहेको सिर्सिया नदी सफाईलाई प्राथमिकता दिँदै नदीको राइट अफ वे छुट्याएर करिडोर निर्माण गर्न आग्रह गरे ।

जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफले स्थानीय सरकारले स्थानीय उत्पादनको पहिचान गरेर ब्राण्डिङ गर्दै आयआर्जनलाई व्यवसायिकरण बनाउने गरि बजेट व्यवस्था गर्न माग गरे ।

महानगरले गर्ने काम परदर्शी हुनु पर्ने भन्दै उनले जनसंख्या र भूगोलको आधारमा वडामा बजेट विनियोजन गर्न पनि सुझाव दिए ।

जसपाका नगरकमिटी अध्यक्ष इश्वरचन्द्र यादवले पानीको समस्या समाधान गर्न घरबाट निस्कने पानी सोझै नालामा नभई भूमिगत पानीको पुनर्भरणका लागि घरमा व्यवस्था मिलाउन पर्ने सुझाव दिए ।

महानगर प्रमुख सिंहले वीरगंजकाे विकास र समृद्धिका लागि हरेक महिना सबै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दै आएकाे वताए ।

महानगर प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, महानगर प्रमुखका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ३३९ सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन, यस बर्ष अनलाइनलाई ८ हजार मात्र

जनकपुरधाम । आमसञ्चार प्राधिकरण जनकपुरले मधेश प्रदेशका सञ्चारमाध्यमहरूका लागि लोककल्याणकारी विज्ञापन प्रसारण तथा प्रकाशन सम्बन्धी नयाँ कार्यदेश जारी गरेको छ। प्राधिकरणले सप्तरी, सिरहा, धनुषा, महोत्तरी,...

विद्यासदन मावि प्याब्सनमा प्रवेश, आबद्ध विद्यालय संख्या ६१ पुग्यो

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ । जिल्ला अध्यक्ष...

वीरगंजमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न, शान्ति र सद्भावको सन्देश

वीरगंज । वीरगंजमा विश्व शान्तिनायक भगवान बुद्धको २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। वीरगञ्ज बौद्ध समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी,...