Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जिल्ला मै पहिलाे बहुदरमाईकाे नगर सभा सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको दशौ नगर सभा साेमबार सम्पन्न भएकाे छ । नगरपालिकाले नगर सभाबाट पारित आ.व. २०८०/०८१ काे निती तथा कार्यक्रम जिल्ला मै पहिलाे सार्वजनिक समेत गरेकाे छ । असार १० गते भित्र गर्नु पर्ने सभा बहुदरमाईले यस बर्ष असार ४ गते नै गर्न सफल भएकाे हाे ।

नगरपालिकाकी उपप्रमुख सुष्मा कुमारी कुशवाहले ४४ करोड ८१ लख ६६ हजार ५ सय रुपैयाँ बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

उप प्रमुख कुशवाहाद्वारा प्रस्तुत कार्यक्रममा कृषि प्रयोजनका लागि प्रयोग हुने कृषि विद्युत मिटरको ४० प्रतिशत महशुल नगरपालिकाले ब्यहोर्ने, नगरपालिकाभित्रका किसानहरुका साना तथा ठूला पशुहरुको विमा गर्ने लगायतका याेजनाहरु पनि समेटिएका छन् । 

नगरपालिकाले एक घर एक रोजगारको नीति लागु गर्ने उपाध्यक्ष कुशवाहले बताइन् । नगरपालिकालाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना पनि अघि सारिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउनेदेखि सामुदायिक विद्यालयमा नगरपालिकाको तर्फबाट सरसफाई गर्ने कर्मचारीको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

नगरभित्रका प्रत्येक मावि र निमाविमा किशोरीहरुलाई महिनावारी प्याड प्रयोग गर्नका लागि छुट्टै हाइजिन रुमको व्यवस्था गरिने उपाध्यक्ष कुशवाहले बताइन् । उनकाअनुसार महिला र बालबालिकाका साथ उपमेयर कार्यक्रम पनि सञ्चालन गरिनेछ । युवाको हात, मेयरको साथ भन्ने नारासहित युवाहरुको सहयोगी समूह तयार गरी प्रत्येक वडामा युवासँग मेयर कार्यक्रम पनि सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

बहुदरमाई नगरबासीको जनजीवनमा सकारात्मक परिवर्तनको अनुभुति गर्ने गरी स्वच्छ, सुन्दर, सुरक्षित र समृद्ध नगर बनाउने विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख सिंगासन साह तेलीले बताए ।

शहरी पूर्वाधार निर्माण, कृषि विकास, पर्यटन प्रवर्धन, आधुनिक तथा व्यवसायिक शिक्षा, सर्वसुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा, उद्यमशीलता विकास तथा रोजगारी प्रबर्धन, सूचना प्रविधिमा आधारित कागजरहित सेवा प्रवाह र यातायात व्यवस्थापन लगायतका क्षेत्रलाई पालिकाले प्राथमिकता दिएको प्रमुख तेलीले जानकारी गराए । 

नगर प्रमुख तेलीको अध्यक्षतामा कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महमद शेरे मुस्तफा, लेखापाल उपेन्द्र साह, हरि प्रसाद कुर्मी, रामबाबु पटेल, सम्पूर्ण वडाका वडाध्यक्ष, नगर सभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...