Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

अतिक्रमित टिनको टहरा बचाउन नाला नै मोडियो

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले वर्षौदेखि जाम रहेको महानगरभित्रको नालाहरुलाई सफाई अभियान चलाएको छ । अतिक्रमित नालालाई अतिक्रमणमुक्त बनाई नाला सरसफाई गर्ने अभियान तिब्र रुपमा चलि रहेको छ । तर जिल्ला प्रशासन कार्यालय अगाडि रहेको ठूलो नाला सफाई गर्ने क्रममा अतिक्रमण गरि बनाइएको संरचना नहटाई महानगरपालिकाले ठूलो नालालाई नै मोडेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको ठीक अगाडि रहेको ठूलो नाला अतिक्रमण गरि बनाइएको टिनको टहरा नभत्काई नालालाई मोडेकोले स्थानीयहरु विरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि रहेको नाला अतिक्रमण गरि वीरगंज टाटो सेन्टर युक्त लेखिएको बोर्ड झुण्डयाइएको टिनको संरचना निर्माण गरिएको छ ।

नाला सफाई गर्नु सह्रानीय कार्य हो तर कसैलाई काखा पाखा गर्नुले महानगरका सरसफाई कर्मचारीले टहरा बचाएको आरोप लागेकाे छ । नाला सफाईको क्रममा युवा स्पोर्टस् क्लब छेउमै रहेको टिनको टहरा भत्काएको छैन । टिनको टहरा बचाउनका लागि ठूलो नालालाई नै मोडिएकोले स्थानीयहरु विरोध जनाई रहेका छन् ।

जबकी टिनको उक्त टहरा पुरै सार्वजनिक नाला अतिक्रमण गरि बनाइएको छ । त्यही टिनको टहरा छेउमै रहेको नाला अतिक्रमण गरि ठूलो तीन तल्ले भवन निर्माण गरिएको छ । त्यो भवनको महानगरपालिकाले नाप नक्सा नै नगरी नाला सफाई मात्रै गरेको बताइएको छ ।

नाला सफाईको क्रममा महानगरपालिकाले नापनक्सा गरि अतिक्रमित संरचनालाई हटाउनु पर्नेमा न त टिनको संरचना हटाइएको छ न त भवनलाई छोइएको छ । नालालाई नै मोडिएको छ, यस कार्यको सर्वत्र चर्चा चलि रहेको छ ।

वर्तमान अवस्थामा महानगर प्रमुख राजेशमान सिंह आफै उपस्थित भई अतिक्रमित टहराहरु भत्काई नाला सफाई गर्ने कार्यलाई तिब्र पारेका छन् । यसबाट महानगरवासी सन्तुष्ट छन् । महानगर प्रमुख सिंहको वाहवाही गरि रहेका छन् तर सानो तिनो कुरामा पनि महानगर प्रमुख राजेशमान सिंहकाे ध्यान पुग्न जरुरी देखिन्छ ।

स्पोर्टस् क्लब अगाडि रहेको टिनको टहरा बचाएर नाला सफाई गरिएकोले त्यो नगरी नाप नक्सा गरि नालालाई अझै फराकिलो बनाउनुपर्ने स्थानीयहरुको माग रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...