Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

एनवाइइएफ वीरगंजकाे तेस्रो साधारण सभा सम्पन्न, अग्रवाल बने नयाँ अध्यक्ष

spot_img
spot_img

वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगंज च्याप्टरको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार सम्पन्न एनवाइइएफ वीरगंज च्याप्टरको तेस्रो साधारणसभाले सर्वसहमतिबाट सन्दीप अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

यहाँस्थित होटल लर्ड्स दियालो प्लाजामा आयोजित साधारणसभाले आगामी वर्ष २०८०/८१ को कार्यकालका लागि अग्रवालको नेतृत्वमा गठन गरेको कार्यसमितिको प्रथम उपाध्यक्षमा पंकज अग्रवाल र दृतिय उपाध्यक्षमा विश्वास प्रताप साह चयन भएका छन् ।

त्यसतै कार्यसमिति सदस्यमा विकास ठाकुर, अक्षत शाह, मनिषा सुनुवार श्रेष्ठ, मोहित गुप्ता, दीपल खन्ना, किसन केयाल, सूरज रुङ्ग्टा, चन्दन सिंह र राधा हमाल चयन भएका छन् । च्याप्टरको आमन्त्रित कार्यसमिति सदस्यमा मनिष सिस्का र रिकेश साहलाई मनोनित गरिएको छ ।

निवर्तमान अध्यक्ष राकेश साहलाई पनि एनवाइइएफको प्रावधानअनुसार कार्यसमिति सदस्यमै राखिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले जानकारी दिए । त्यसैगरी च्याप्टरको सल्लाहकार समितिमा एनवाइइएफ वीरगंजका संस्थापक अध्यक्ष अरविन्द्र बहादुर अमात्य, पूर्व अध्यक्ष अनुप अग्रवाल, राहुल अग्रवाल र आशिष कुमार लाठलाई मनोनित गरिएको छ ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगर विकासका लागि युवा उद्यमीसँग आफू सधै हात्तेमालो गर्न तयार रहेको बताए । ‘तपाईँ युवाहरु मेरो ऊर्जाका स्रोत हुनुहुन्छ । तपाईँहरुसँग मिलेर काम गर्न म सधै तयार छु, आउनुहोस हात्तेमालो गरौँ, के गर्न सकिन्छ मिलेर गरौँ,’ उनले भने ।

मेयर सींहले वीरगंजमा नयाँ किसिमको उद्योग, व्यवसाय र उद्यमको स्थापना गर्नुपर्नेमा जोड दिँदै भने, ‘त्यहीँ परम्परागत सिमेन्ट, छडको उद्योग नखोलेर अब युवा साथीहरुले नयाँ किसिमको उद्योगमा लगानी गर्दै स्थानीयहरुका लागि रोजगारीको सृजना गर्नु पर्‍यो ।’

नयाँ उद्योग र व्यवसाय स्थापनाका लागि आवश्यक मैत्रीपूर्ण नीति बनाउन महानगरपालिका सधै तयार रहेको बताउँदै उनले थपे, ‘बोलाएर मात्र आउँछु भन्ने प्रवृति पनि छाड्नुपर्‍यो, महानगर तपाईँ सबैको हो, यसलाई वैभव बनाउँने जिम्मा पनि तपाईँ सबैको । आउनुहोस, हात्तेमालो मात्र नगरेर काँधमा काँध मिलाएर अगाडि बढौँ ।’

उनले वीरगंजलाई युवा मैत्री शहर बनाउँन एनवाइइएफबाट आफूले आगामी वर्षमा वर्तमान भन्दा दश गुणा बढी काम र सहकार्यको अपेक्षा गरेको बताए ।

नवनिर्वाचित अध्यक्ष सन्दीप अग्रवालले सिकाइमार्फत सदस्यहरुको नेतृत्व र उद्यमशीलता विकास गर्ने तर्फ आफ्नो कार्यकाल केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । अघिल्लो नेतृत्वबाट प्राप्त सिकाइलाई लागू गर्दै आगामी वर्ष थप कार्यक्रम आयोजना गर्ने आफ्नो योजना सुनाउँदै उनले भने, ‘नयाँ र पूराना सदस्य विचको सम्बन्धलाई प्रगाढ बनाउने किसिम गतिविधिलाई मैले प्राथमिकतामा राख्ने छु, एक अर्कासँग सिक्दै नेतृत्व र उद्यमशीलता विकास गरेर आफ्नो व्यवसाय र उद्यममा योगदान गर्न सक्ने किसिमको माहोल बनाउने मेरो प्रयास रहन्छ ।’

एनवाइइएफका निवर्तमान अध्यक्ष राकेश साहको सभापतित्वमा भएकाे कार्यक्रममा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा. सुवोध कुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल पटवारी, एनवाइइएफ एनजीसीका अध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष साहारा जोशी, दृतिय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ, एनजीसी सदस्य कृष्ण सापकोटा, नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक वैध, वीरगंज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उद्योगपति एवम् अर्थविद् जगदीश अग्रवाल, वरिष्ठ उद्योगपति रमेश अग्रवाल, लायन्स क्लबका देवकी नन्दन अग्रवाल, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहल गायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...