Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

१९ लाखकाे माेबाइल र घडिसहित एक भारतिय पक्राउ

spot_img
spot_img

वीरगंज । भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइएकाे बिभिन्न ब्राण्डका मोबाईल र घडीसहित एक भारतिय नागरिकलाई प्रहरीले पक्रा‍उ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले भारत विहार पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुर निवासी ३३ बर्षिय मनोज कुमारलाई नियन्त्रणमा लिएकाे हाे । 

विशेष सूचनाको आधारमा शनिबार खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ वदननगरस्थित मनाेज साहकाे घरबाट अनाधिकृतरूपमा भन्डारण गरेर राखिएकाे रू १९ लाख १४ हजार बराबरको घडी तथा मोबाईलहरू बरामद गरेकाे हाे । 

मनोज साहको घरमा कोठा भाडामा लिइ बस्दै आएका मनोज कुमारको कोठा खानतलासी गर्दा उक्त कोठाबाट भन्सार छलिकाे विभिन्न ब्रान्डकाे माेबाइल र खडिहरु बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

उक्त घडी तथा मोबाईल सहित पक्राउ परेका मनोज कुमारलाई आवश्यक कारवाहीको लागि आइतबार वीरगंज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...