Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

वीरगंजमा पहिलाे पटक रथ यात्रा निकालिदै

spot_img
spot_img

वीरगंज । गहवामाई मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा रथ यात्रा निकालिने भएको छ । यही असार ५ गते गहवामाई मन्दिर परिसरबाट विहान ६ बजे रथ यात्रा निकालिने आयोजक समितिले जनाएको छ ।

गहवामाई मन्दिर परिसमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा रथ निर्माणको काम सम्पन्न भएको र रथ यात्राको तयारी समेत पुरा भएको जनाइएको हाे । गहवामाई मन्दिर अगाडि नै निर्माण गरिएको काठको रथ आइतबार एकैछिन गुडाएर परीक्षण समेत गरिएको थियो ।

रथको रंगरोगन बाहेक निर्माणको अन्य काम पुरा भएको गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए । रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो गरी बनाईएको छ ।

नेपाल र भारतका ख्याति प्राप्त कालीगढहरुले निर्माण गरेको हिन्दुहरुको आस्था गहवामाईको सो रथयात्रामा ३० देखि ३५ हजार भक्तजनहरु सहभागी हुने अनुमान गरिएको समितिका अध्यक्ष पोखरेलले बताए ।

कार्यक्रमलाई भब्य र सभ्य पार्न बारा, पर्सा र रौतहटका भक्तजनहरुलाई धेरै भन्दा धेरै उपस्थित भएर सोभा बढाउन अपिल उनले गरे । गहवामाई मन्दिरको ११ औँ वर्षको उत्सवमा पहिलोपटक रथ यात्रा नकाल्न लागिएकाे हाे ।

गहवामाई मन्दिर समितिले अव देखि हरेक बर्ष स्थापना दिवसको अवसर पारेर रथ यात्रा निकाल्ने निर्णय गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

गहवामाईको रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको रथयात्रा समितिले जनाएको छ । रथको डिजाईन र निर्माण गर्ने कारिगर नेपालकै रहेका छन् । रथ निमार्ण २० देखि २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । स्थानीय सरकार र विभिन्न चन्दातादाहरुको सयोगमा रथ निर्माणको काम भएको अध्यक्ष पोखरेलले बताए ।

रथयात्रा यहि ५ गते बिहान ६ बजे गहवामाई मन्दिरको प्राङगणबाट निकालेर रेलवे रोड हुँदै रामटोल, रेशमकोठी, विर्तामन्दिरबाट मेनरोड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन गरिने आयाेजक समितिले जनाएकाे छ । ५ गते रथ यात्रा सम्पन्न भएपछि ६ गते महाप्रसादको कार्यक्रम राखिएको गहवामाई मन्दिर समितिले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...