Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

मुख्य नालाको अतिक्रमण हटाउन मेयर सिंहको निर्देशन

spot_img
spot_img

वीरगंज । वीरगंजकाे मुख्य नालामाथी निर्माण भएको घर र नालाको अतिक्रमणले मुख्य नालाको सफाइमा बाधक बनेको छ । वर्षायाम लाग्न अधि वीरगंजकाे मुख्य नालाहरु सफा गर्ने क्रममा नालामाथी बनेको घर र संरचनाले सफाई अभियानमा बाधा परेकाे हाे ।

आदर्शनगरस्थित कर्पोरेट डेभलपमेन्ट बैंक रहेको घर, क्लासिक होटल रहेको घर, हरिखेतान कलेज सहितको घरहरु नालामाथी बनेको छ । वर्षौदेखी सफा हुन नसकेको मुख्य नाला अहिले वीरगंज महानगरपालिकाले चेन स्काभेटर र सरसफाइ कर्मचारीले सफाई गर्न सुरु गरेको छ ।

यसैबिच वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले मुख्य नाला सफाईको अनुगमन गरेका छन् । अनुगमनकाे क्रममा नालामाथिको अवैध र अतिक्रमीत संरचना हटाउन र नाला सफाई नरोक्न मेयर सिंहले निर्देशन समेत दिएका हुन् ।

नालामाथी बनेको केही घरको कारण सफाइ हुन नसकेको देखिएको मेयर सिंहले बताए । नालामाथी बनेको घर र संरचनाले वर्षायाममा पुरै बजार डुवानमा पर्ने गरेको छ । एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा (सिडिओ अफिस) नजिकको नाला दुई दशकपछी सफा भएको छ ।

नाला सफा गर्नका लागि सिडिओ अफिस बाहिरको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताए । नाला सफा गरिएसँगै डुबानको जोखिम कम भएको र भएपनि विगतको जस्तो नहुने मियाँको विश्वास छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...