Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

मुख्य नालाको अतिक्रमण हटाउन मेयर सिंहको निर्देशन

spot_img
spot_img

वीरगंज । वीरगंजकाे मुख्य नालामाथी निर्माण भएको घर र नालाको अतिक्रमणले मुख्य नालाको सफाइमा बाधक बनेको छ । वर्षायाम लाग्न अधि वीरगंजकाे मुख्य नालाहरु सफा गर्ने क्रममा नालामाथी बनेको घर र संरचनाले सफाई अभियानमा बाधा परेकाे हाे ।

आदर्शनगरस्थित कर्पोरेट डेभलपमेन्ट बैंक रहेको घर, क्लासिक होटल रहेको घर, हरिखेतान कलेज सहितको घरहरु नालामाथी बनेको छ । वर्षौदेखी सफा हुन नसकेको मुख्य नाला अहिले वीरगंज महानगरपालिकाले चेन स्काभेटर र सरसफाइ कर्मचारीले सफाई गर्न सुरु गरेको छ ।

यसैबिच वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले मुख्य नाला सफाईको अनुगमन गरेका छन् । अनुगमनकाे क्रममा नालामाथिको अवैध र अतिक्रमीत संरचना हटाउन र नाला सफाई नरोक्न मेयर सिंहले निर्देशन समेत दिएका हुन् ।

नालामाथी बनेको केही घरको कारण सफाइ हुन नसकेको देखिएको मेयर सिंहले बताए । नालामाथी बनेको घर र संरचनाले वर्षायाममा पुरै बजार डुवानमा पर्ने गरेको छ । एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा (सिडिओ अफिस) नजिकको नाला दुई दशकपछी सफा भएको छ ।

नाला सफा गर्नका लागि सिडिओ अफिस बाहिरको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताए । नाला सफा गरिएसँगै डुबानको जोखिम कम भएको र भएपनि विगतको जस्तो नहुने मियाँको विश्वास छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...