Date
शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026

रौतहटमा करेन्ट लागेर दुई युवकको मृत्यु

वीरगंज । रौतहटको बौधीमाई नगरपालिका–५ कोपवा टोलमा करेन्ट लागेर शुक्रबार राति दुई जना युवाको मृत्यु भएको छ । करेन्ट लागी घाइते भएका उनीहरूको उपचारका क्रममा सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

कोपवाटोलका ३० वर्षीय अरुणकुमार साह र २८ वर्षीय पण्डित कुम्हालको धारामा पानी थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कोपवाले जनाएकाे छ ।

मृतक अरुणको किराना र पण्डितको पान पसल छ । अरुणको घरको धारामा जडान भएको विद्युतीय मोटरमा पानी थाप्न गएका बेला अचानक करेन्ट प्रवाह भएको थियाे । 

दुवै जना धारामा पानी थाप्न लाग्दा करेन्ट लागेर घाइते भएको इलाका प्रहरी कार्यालय काेपवाले जनाएको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुरमा रास्वपाको प्रथम भेला सम्पन्न, प्रशुराम साह बने गाउँपालिका सभापति

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जगरनाथपुर गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले प्रशुराम साहको नेतृत्वमा ११...

रास्वपा बाराको बैठकमा कुटाकुट, दुई नगर सभापतिसहित तीन जना घाइते

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठक शनिबार तनावग्रस्त बनेको छ । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित बैठकमा संस्थापन पक्ष र संस्थापक...

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

वीरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहलाई आफ्नो राजनीतिक सल्लाहकार (Political...