Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

वीरगंजका सरकारी स्कुलमा ५ गतेसम्म बिदा थप, निजि आइतबारदेखि खुल्ने

spot_img
spot_img

वीरगंज । दिनहुँ बढ्दै गइरहेको गर्मी कम नभएपछि वीरगंज महानगरपालिकाले सामूदायिक विद्यालयहरुमा थप ३ दिनका लागि विदा दिएको छ ।

यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै सुरुमा जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गतेसम्म र त्यसपछि जेष्ठ २८ देखि असार १ गतेसम्मका लागि बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो ।

तर यसबीच पनि गर्मी कम नभएपछि शुक्रबार एक सूचना जारी गरेर वीरगंज महानगरपालिकाले महानगरमा रहेका सबै सामूदायिक विद्यालयहरु थप ३ दिन अर्थात अषाढ ३ गतेदेखि अषाढ ५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

तापक्रम घट्नुको सट्टा झन् बढ्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप ३ दिन अर्थात अषाढ ५ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

संस्थागत विद्यालय भने आइतबारदेखि खुल्ने छन् । ५ गते मंगलबार गहवामाई (माईस्थान मन्दिर) रथयात्रा रहेकाले एक दिनका दिनका लागि संस्थागत विद्यालय पनि बन्द रहने छन् ।

पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो तीन सातायता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४५ डिग्रि सेल्सियससम्म पुगेको छ । शुक्रबार वीरगंज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४५ डिग्रि सेल्सियस मापन गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...