Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजका १० स्थानमा फ्री वाइफाई सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिक स्थल एवं भिडभाड हुने सरकारी कार्यालय क्षेत्रमा निशुल्क वाइफाई (फ्री वाईफाई) सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका १० ठाउँमा यस्तो सेवा उपलब्ध गराइएको हो ।

महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकसँगको सहकार्यमा घण्टाघर चोक, माइस्थान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, यातायात, नारायणी अस्पताल, विद्युत प्राधिकरण, भन्सार कार्यालय र महानगर कार्यालय क्षेत्रमा फ्री वाईफाई सेवा सुरु भएकाे जनाएकाे छ ।

महानगरमा शुक्रबार औपचारिक कार्यक्रम गरि सेवा सञ्चालनको सुरुवात गरिएको हो । महानगर प्रमुख राजेशमान सिंहले फ्री वाईफाईको सुरुवात गर्दै महानगरवासीलाई समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी वीरगंजलाई डिजिटल सहरको रुपमा अघि बढाउन यस्तो सेवा सुरु गरिएको बताए ।

महानगरलाई आईटी हब बनाउने आफूहरुको घोषित नीति नै रहेकाले त्यसलाई कार्यान्वयन गर्न आफूहरु लागि परेको पनि उनले वताए । हाललाई हरेक स्थानमा २ एमबीपीएस क्षमताको इन्टरनेट सुरु गरिएको र प्रयोगकर्ताको चाँपको आधारमा यसलाई बढाउँदै लगिने महानगरले जनाएको छ ।

आफूहरुले चुस्त सेवा दिने गरि महानगरसँग तीन वर्षका लागि सम्झौता गरेको वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड वीरगंज शाखाका ब्रान्च म्यानेजर अरफात देवानले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...