Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंज मुख्य सडक विस्तार मुद्दाको सुनुवाइ फेरि सर्यो

spot_img
spot_img

वीरगंज । सर्वोच्च अदालतमा विचाराधीन रहेको वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तारको मुद्दाको सुनुवाइ फेरि सरेको छ । बुधबार हेर्न नभ्याइनेमा राखिएको मुद्दामाको अर्को पेशी तिन महिना पछि असोज २२ गतेका लागि तोकिएको छ ।

त्रिभूवन राजपथअन्तर्गत वीरगंज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक हुँदै मितेरीपुलसम्मको सडक दाँयाबाँया २५/२५ मिटर फराकिलो गर्ने मुद्दाको बुधबार राखिएको पेशी हेर्न नभ्याएको भन्दै अर्को पेशी तोकिएको हो ।

मुद्दा सर्वोच्च अदालतका न्यायधिशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दा क्रम सङ्ख्या ६, ७ र १७ नम्बरमा परेको थियो । तर सर्वोच्व अदालतले उक्त मुद्दाको सुनुवाई फेरि हेर्न नभ्याइनेमा राखेपछि २२ औं पटक उक्त मुद्दाको पेसी सरेको होे । बुधबार दिउँसो खाजापछि पेशी हेर्ने भनिएपनि खाजापछि अन्य मुद्दा पनि हेर्न बाँकी रहेको भन्दै हेर्न नभ्याइनेमा राखिएको थियो ।

लगभग तीन वर्षअघि वीरगंज मेनरोड अतिक्रमण सडक विभागले हटाउने सूचना जारी गरेपछि मेनरोडवासीहरूले सोविरुद्ध सङ्घर्ष समिति बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सडक विभागले विगत तीस वर्षदेखि वीरगंज मेनरोडको अतिक्रमण हटाउने भनेर सूचना जारी गर्दा पनि अतिक्रमण हटाउन सकेको छैन ।

पछिल्लो समयमा अन्तिमपटक सूचना भनेर ३५ दिने सूचना जारी गरेको सडक विभागविरुद्ध मेनरोडका बासिन्दाहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अहिलेसम्म मुद्दाको पेशी हुन सकेको छैन । कैयौंपटक पेशी सूचीमा चढे पनि समय अभाव भन्दै पेसी सर्दै आएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...