Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज मुख्य सडक विस्तार मुद्दाको सुनुवाइ फेरि सर्यो

spot_img
spot_img

वीरगंज । सर्वोच्च अदालतमा विचाराधीन रहेको वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तारको मुद्दाको सुनुवाइ फेरि सरेको छ । बुधबार हेर्न नभ्याइनेमा राखिएको मुद्दामाको अर्को पेशी तिन महिना पछि असोज २२ गतेका लागि तोकिएको छ ।

त्रिभूवन राजपथअन्तर्गत वीरगंज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक हुँदै मितेरीपुलसम्मको सडक दाँयाबाँया २५/२५ मिटर फराकिलो गर्ने मुद्दाको बुधबार राखिएको पेशी हेर्न नभ्याएको भन्दै अर्को पेशी तोकिएको हो ।

मुद्दा सर्वोच्च अदालतका न्यायधिशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दा क्रम सङ्ख्या ६, ७ र १७ नम्बरमा परेको थियो । तर सर्वोच्व अदालतले उक्त मुद्दाको सुनुवाई फेरि हेर्न नभ्याइनेमा राखेपछि २२ औं पटक उक्त मुद्दाको पेसी सरेको होे । बुधबार दिउँसो खाजापछि पेशी हेर्ने भनिएपनि खाजापछि अन्य मुद्दा पनि हेर्न बाँकी रहेको भन्दै हेर्न नभ्याइनेमा राखिएको थियो ।

लगभग तीन वर्षअघि वीरगंज मेनरोड अतिक्रमण सडक विभागले हटाउने सूचना जारी गरेपछि मेनरोडवासीहरूले सोविरुद्ध सङ्घर्ष समिति बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सडक विभागले विगत तीस वर्षदेखि वीरगंज मेनरोडको अतिक्रमण हटाउने भनेर सूचना जारी गर्दा पनि अतिक्रमण हटाउन सकेको छैन ।

पछिल्लो समयमा अन्तिमपटक सूचना भनेर ३५ दिने सूचना जारी गरेको सडक विभागविरुद्ध मेनरोडका बासिन्दाहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अहिलेसम्म मुद्दाको पेशी हुन सकेको छैन । कैयौंपटक पेशी सूचीमा चढे पनि समय अभाव भन्दै पेसी सर्दै आएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...