Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पैसाकाे कारण वीरगंजबासी पढाईबाट बन्चित हुँदैन् : मेयर सिंह

spot_img
spot_img
वीरगंज । पैसाको अभावमा कुनै पनि वीरगंजबासी पढन पाउने अधिकारबाट बन्चित नहुने वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वताएका छन् ।
 
रेडियाे वीरगंजले बुधबार आयाेजना गरेकाे नयाँ पुरस्तासंग मेयर संवाद कार्यक्रममा वाेल्दै मेयर सिंहले पैसाका कारण कुनै पनि वीरगंजबासी पढाईबाट बन्चित हुने आवस्था आउन नदिने प्रतिबद्धता जनाए ।
 
सबै थोक पैसा नभएको बताउँदै उनले पैसाको कारण मात्र पढाईमा कुनै किसिमकाे रोकावट नआउने धारण  समेत राखे । उनले भने “लक्ष्य अनुसार अगाडि बढनु पर्छ । एउटा सोच बनाएर अगाडि बढियाे भने एकदिन ना एकदिन अवश्य सफलता पाइन्छ ।”
 
सहभागिहरुकाे जिज्ञासा मिटाउँदै उनले सबै सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षकको ब्यवस्थामा महानगर लागेको वताए । केही समय भित्रै महानगरकाे सबै सामुदायिक विद्यालयमा विषयगत शिक्षक हुने मेयर सिंहकाे भनाई थियाे ।
 
उनले निश्पच्छ  प्रतिस्पर्धा र याेग्यताकाे आधारमा महानगरले शिक्षक र कम्युटर अपरेटर छनौट गर्ने वताए । 
 
वीरगंज महानगरले एक बर्षमा भित्र गरेको कामको अनुगमन गर्नु पर्ने समेत वताए । काठमाडौ र वीरगंजकाे परिबेश फरक रहेको वताउँदै बजेट पनि काठमाडाैंकाे तुल्नामा धेरै कम भएकाेले साेचे जस्ताे काम गर्न गाह्राे भएकाे वताए ।
 
एक बर्षमा मात्र फोहर गर्नेहरुबाट १२ लाख संकलन गरिएको वताउँदै उनले त्यसले पनि वीरगंजबासीमा परिवर्तनकाे खाँचाे रहेकाे वताए । उनले नारायणी अस्पतालको सरसफाइको सम्पुर्ण जिम्मेवारी महानगरले लिने र २०८० मा स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन देखिन सकिने वताए ।
 
वीरगंजस्थित मकालु हाेटलमा भएकाे कार्यक्रमकाे सहजिकरण रेडियाे वीरगंजका अध्यक्ष ध्रुव साहले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...