Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

पैसाकाे कारण वीरगंजबासी पढाईबाट बन्चित हुँदैन् : मेयर सिंह

spot_img
spot_img
वीरगंज । पैसाको अभावमा कुनै पनि वीरगंजबासी पढन पाउने अधिकारबाट बन्चित नहुने वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वताएका छन् ।
 
रेडियाे वीरगंजले बुधबार आयाेजना गरेकाे नयाँ पुरस्तासंग मेयर संवाद कार्यक्रममा वाेल्दै मेयर सिंहले पैसाका कारण कुनै पनि वीरगंजबासी पढाईबाट बन्चित हुने आवस्था आउन नदिने प्रतिबद्धता जनाए ।
 
सबै थोक पैसा नभएको बताउँदै उनले पैसाको कारण मात्र पढाईमा कुनै किसिमकाे रोकावट नआउने धारण  समेत राखे । उनले भने “लक्ष्य अनुसार अगाडि बढनु पर्छ । एउटा सोच बनाएर अगाडि बढियाे भने एकदिन ना एकदिन अवश्य सफलता पाइन्छ ।”
 
सहभागिहरुकाे जिज्ञासा मिटाउँदै उनले सबै सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षकको ब्यवस्थामा महानगर लागेको वताए । केही समय भित्रै महानगरकाे सबै सामुदायिक विद्यालयमा विषयगत शिक्षक हुने मेयर सिंहकाे भनाई थियाे ।
 
उनले निश्पच्छ  प्रतिस्पर्धा र याेग्यताकाे आधारमा महानगरले शिक्षक र कम्युटर अपरेटर छनौट गर्ने वताए । 
 
वीरगंज महानगरले एक बर्षमा भित्र गरेको कामको अनुगमन गर्नु पर्ने समेत वताए । काठमाडौ र वीरगंजकाे परिबेश फरक रहेको वताउँदै बजेट पनि काठमाडाैंकाे तुल्नामा धेरै कम भएकाेले साेचे जस्ताे काम गर्न गाह्राे भएकाे वताए ।
 
एक बर्षमा मात्र फोहर गर्नेहरुबाट १२ लाख संकलन गरिएको वताउँदै उनले त्यसले पनि वीरगंजबासीमा परिवर्तनकाे खाँचाे रहेकाे वताए । उनले नारायणी अस्पतालको सरसफाइको सम्पुर्ण जिम्मेवारी महानगरले लिने र २०८० मा स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन देखिन सकिने वताए ।
 
वीरगंजस्थित मकालु हाेटलमा भएकाे कार्यक्रमकाे सहजिकरण रेडियाे वीरगंजका अध्यक्ष ध्रुव साहले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...