Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

महासचिव एलनकाे वीरगंजमा स्वागत तथा सम्मान

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपालका नवनिर्वाचित महासचिव रामकुमार एलनकाे मंगलबार वीरगंजमा स्वागत तथा सम्मान गरिएकाे छ । समाजवादी प्रेस संगठनकाे केन्द्रिय महासचिवमा निर्वाचित भएपछि पहिलाे पटक वीरगंज आएका मधेशलदृष्टिका सम्पादक एलनलाई स्वागत तथा सम्मान गरिएकाे हाे ।

समाजवादी प्रेस संगठन पर्साले एक अनाैपचारिक कार्यक्रमकाे बिच महासचिव एलनलाई गम्छा र अबिरकाे टिका लगाएर स्वागत तथा सम्मान गरेकाे समाजवादी प्रेस संगठन पर्साका सह सचिव विनाेद पटेलले वताए ।

साे कार्यक्रममा मधेशदृष्टिका अध्यक्ष ध्रुव साह, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य एवम् पर्सा अध्यक्ष मनाेज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, काेषाध्यक्ष हरिशंकर शर्मा, दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान लगायतले महासचिव एलनलाई गम्छा र अविरकाे टिका लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

साेही अवसरमा मंगलबार नै चाइना भ्रमणकाे लागि प्रस्थान गर्न लागेका महासचिव एलनलाई सफल यात्राकाे शुभकामनासहित बिदाई समेत गरिएकाे थियाे ।  

एलन समाजवादी प्रेस संगठन नेपालकाे महासचिवमा शनिबार नै विजयी भएका थिए । संगठनकाे प्रथम महाधिवेशन अन्तर्गत शनिबार भएकाे निर्वाचनमा उनी एक सय ३९ मतले ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी हृदय भुसालले एक सय ३० मत प्राप्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...