Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुरमा लैङ्गिक समानता सम्बन्धि अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा दुई दिने लैङ्गिक समानता तथा समाजिक समावेशिकरण मुलप्रवाहिकरण रणनितीक योजना छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु भएकाे छ ।

प्रदेश अनुशन्धान तथा प्रशिक्षण केन्द्र नेपालको सहयोग र कम्युनिटी डेभलपमेन्ट एन्ड काउन्सेलिङ्ग सेन्टर प्रा.लि. वीरगंजकाे आयोजनामा सुरु भएकाे कार्यक्रमकाे उद्घाटन पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेशश मेहताले गरेका थिए ।

गाउँ कार्यपालिका कार्यालयकाे सभाहलमा भएकाे कार्यक्रममा कम्युनिटी डेभलपमेन्ट एन्ड काउन्सेलिङ्ग सेन्टर वीरगंजका रामप्रबेश साहले प्रशिक्षण दिइरहेका छन् । पहिलाे दिन कार्यक्रमका सहभागि जनप्रतिनिधी तथा कर्मचारीहरु ४ वटा समुहमा विभाजन भई पालिकाको सवल पक्ष, दुर्लभ पक्ष, समस्या र चुनौतीको बारेमा प्रस्तुती गरेका थिए  ।

कार्यक्रममा उपाध्यक्ष सर्फुन नेसाको संयोजकत्वमा लैङ्गिक सामनता तथा समाजिक समावेशीकरण मुल प्रभावहिकरण रणनिती सम्बन्धी  ७ सदस्यी समिती समेत गठन गरिएको थियाे ।

जुन समितिमा कार्यपालिका सदस्य मध्ये लालपरी देवी, रामावती देवी, वडाध्यक्ष ढेडी यादव, समाजिक संस्थाबाट उमेश बैठा, कर्मचारीबाट सुनिता देवी बर्णवाल, सुधान्सु शेखर रहेका छन् ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहासहित जनप्रतिनि र कर्मचारीहरुकाे सहभागिता रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...