Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

अगामी बर्षकाे याेजना छनाैटकाे लागि स्थलगत निरिक्षण

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाको असार १० गते हुने गाउँ परिषदका लागी योजना संकल्न गर्न र विभिन्न याेजनाकाे अनुगमनका लागी पालिका स्तरिय अनुगमन समिती सक्रिय भएको छ ।

गाउँपालिका अध्यक्ष सुरेश मेहता, प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहा, प्रशासन प्रमुख हरिमोहन महतो, लेखापाल निरन्जन प्रसाद पटेल सहभागि रहेको अनुगमन समितिले विभिन्न याेजना अनुगमन गर्नुकाे साथै आर्थिक बर्ष २०८०।०८१ काे योजना छनौटका लागि साेमबार स्थलग निरिक्षण गरेकाे हाे ।

श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मैनपुरकाे अनगुगमनकाे क्रममा गाउँपालिका अध्यक्ष मेहताले विद्यालयकाे लागि अगामी बर्षकाे योजनामा पालिका स्तरि बजेटबाट बिनियोजन गरिने वताए ।

उनले अगामी बर्षकाे याेजनामा शिक्षालाई बिशेष प्राथमिकता दिइने पनि वताए ।

असार १० गते भित्र नै परिषद गर्नकाे लागि पालिका स्तरिय अनुगमन समितीले योजना छनौटका लागी काम तिब्र पारेको छ । अगामी हप्ता सम्म सबै विद्यालयकाे अनुगमन गरी योजना छनौट गरिने अनुगमन समितिले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...