Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सबैठवा र जगरनाथपुरमा पनि अतिक्रमित संरचना हटाइयो

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले वडा नम्वर २२ र २३ का विभिन्न स्थानमा सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरेर निर्माण गरेको संरचना शुक्रबार डोजर लगाएर हटाएको छ ।

महानगरले वडा नम्वर २२ जगरनाथपुरमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएको संरचना हटाउँदै हटाइएको जग्गामा सडक निर्माणको कार्य अघि बढाएको छ । सडकको जग्गा मिचेर बनाएको संरचना हटाउँदै सडक फराकिलो बनाइएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप चौरसियाले बताए ।

यस्तै आजै वडा नम्वर २३ सबैठवामा पनि अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाइएको छ । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा अहिले ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने अभियान नै चलेको छ । सोही अनुसार आज एकै दिन २ वटा वडामा अतिक्रण गरेर निर्माण गरिएको संरचना हटाइएको हो ।

अतिक्रमण हटाउन नापजाँच गरेर पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि शुक्रबार महानगरको टोलीले आफैं डोजर लगाएर अतिक्रमण हटाएको हो ।

अतिक्रमण हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडाध्यक्ष चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...