Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

spot_img
spot_img

वीरगंज । भारतको पूर्वी क्षेत्रमा अवस्थित ओडिसा राज्यको बालासोर जिल्लामा भएकाे ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर गम्भिर घाइते भएकाे खुलेकाे छ ।

पकहाँ मैनपुर गाउँपालिका वडा नं. ३ मानिपुर निवासी १५ बर्षिय प्रेमानन्द पासवानी घाइते भएका हुन् । उनकाे एस‍.सि.बि. मेडिकल कलेजकाे ट्रमा आइसियु बेडमा उपचार भइरहेकाे छ । 

घाइते किशाेर भारतकाे ओडिसा अध्ययनकाे शिलशिलामा गएका थिए । उनी जेठ १९ गते शुक्रबार ओडिसामा भएकाे ट्रेन दुर्घटनामा परेकाे परिवारजनालाई जानकारी भएपनि अवस्था बारे खाेजि कार्यमा थिए ।

साेही क्रममा बुधबार भारतिय एमबिसि वीरगंज मार्फत पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा समक्ष जानकारी पुगेपछि उनले परिवारजनलाई जानकारी गराएका हुन् ।

ओडिसामा भएकाे रेल दुर्घटनामा दुई सय ६० जनाको मृत्यु भएको र एक हजार भन्दा बढी घाइते भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...