Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नगवामा कृषि बजारकाे सांसद यादवद्वारा शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण कार्य सुरु भएकाे छ ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे पहलमा किसानहरुले उत्पादन गर्ने कृषि उपज बिक्री वितरणका लागि नगवामा थाेक कृषि बजार निर्माण गर्न थालिएको हाे ।

बुधबार पुर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका सांसद यादवले कृषि बजारकाे शिलान्यास गरेका हुन् । त्यस अवसरमा वीरगंज महानगरका मेयर सिंह, वडा नम्बर १६ का वडाध्यक्ष परशुराम चाैरसिया लगायतकाे पनि उपस्थिति थियाे ।

पुर्वमन्त्री यादव र मेयर सिंहकाे पहलमा मधेस प्रदेश सरकारले उपलब्ध गराएकाे ३ कराेड रुपैयाँको लागतमा कृषि बजार निर्माण गर्न लागिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरले जानकारी दिए ।

कृषि बजार निर्माणकार्यकाे ठेक्का दीप तामाकाेशअं कन्ट्रक्शन प्रालि भक्तपुरले सकारेकाे छ । आगामी असार मसान्तभित्र निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने सम्झाैतामा उल्लेख छ ।

कृषि बजारमा कृषि सेड, कंक्रिट पेभर, शाैचालय लगायतका संरचना निर्माण गरिने घिमिरेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...