Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

बेलवामा पनि हटाइयो ऐलानी जग्गाकाे अतिक्रमण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ बेलवामा पनि ऐलानी जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु वीरगंज महानगरपालिकाले हटाएको छ ।

बेलवामा रहेकाे ४ कठ्ठा १० धुर ऐलानी जग्गामा अतिक्रमण गरि बनाइएका घरटहरा बुधबार महानगरकाे टाेलीले डाेजरले भत्काएर खाली गराएकाे हाे ।

यसअघि अतिक्रम हटाउन वीरगंज महानगरपालिकाले पटक पटक आग्रह गर्दा पनि अटेर गरिएपछि बुधबार महानगरकाे टाेलीले आफैं डोजर लगाएर ऐलानी जग्गा अतिक्रमण मुक्त गराएकाे हो ।

अतिक्रमण हटाउन गएकाे महानगरको टाेलीमा महानगरकाे भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...