Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

लाइन कटने समस्या समाधान गर्न नेकपा एसकाे माग

spot_img
spot_img
वीरगंज । नेकपा (एकीकृत समाजवादी) वीरगंज महागर कमिटीले बुधबार नेपाल विधुत प्राधिकरण, वीरगंज वितरण केन्द्र, वीरगंजमा ज्ञापन पत्र बुझाएकाे छ । छिनछिनमा लाइन कटने समस्या समाधानकाे माग गर्दै महानगर कमिटीले वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेलाई ज्ञापन पत्र बुझाएकाे हाे ।
 
तराईमा केहि देखि बढदो चर्को गर्मीका कारण जनजीवन कष्ठकर बन्दै गएको जनाउँदै नेकपा एसले एकाथरी चर्को गर्मीको पिडा र अर्को तर्फ वीरगंज वितरण केन्द्रले गर्ने गरेको अघोषित लोडसेडिङ्गका कारण जनजीवन थप कष्ठकर बनेको प्रति प्रमुख दुवेकाे ध्यानाकषर्ण गराएकाे छ ।
 
दिनभरी गर्मीमा जसो जसो आफ्नो जागिर, व्यापार व्यसाय गरी राती घर फर्किदा रातभरी लाइन छिनछिनमा आउँने जाने गरेको कारण आम जनता गर्मीले सुत्न समेत नपाएको कारण वीरगंजलाई यथासिध्र लोडसेडिङ्ग मुक्त गर्न वीरगंज वितरण केन्द्रसँग नेकपा एस वीरगंज महानगर कमिटीले ज्ञापन पत्र मार्फत माँग गरेकाे छ ।
 
नेकपा एसका वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा आफ्नो व्यस्थापन पदलाई सुधार गर्दै सेवा सुविधा चुस्त दुरुस्त नबनाए नेपाल बिधुत प्राधिकरण वीरगंज वितरण केन्द्र, वीरगंज बिरुद्ध पार्टी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने उल्लेख गरिएकाे छ ।
ज्ञापन पत्र बुझाउन नेकपा एस वीरगंज महानगर कमिटीका सचिव बृजलाल पासवान, सह सचिव मनाेज पटेल, दलित मुक्ति माेर्चा पर्साका अध्यक्ष शुशिल हाजरा लगायतका वीरगंज वितरण केन्द्रमा पुगेका थिए ।
 
ज्ञापन पत्र बुझ्दै वीरगंज वितरण केन्द्रका प्रमुख दुवेले ठाउँ ठाउँमा हुने आगलागीका कारण लाइन कटने गरेकाे वताए । उनले वीरगंजका केही ठाउँका ट्रान्सफरम समेत फर्ने पर्ने भएकाेले फेर्न नसकेर ससमस्या हुने गरेकाे वताए ।
 
ट्रान्सफाँर्मर फेर्ने कामहरु भइरहेकाे वताउँदै प्रमुख दुवेले केही दिन लाइन कटने समस्या समाधान हुने जानकारी गराए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...