Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

लाखाैं आम्दनी रहेकाे राधाकृ्ष्ण मठ व्यवस्थापन अभावमा जिर्ण

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाको वडा नम्बर २ मा रहेको राधाकृष्ण मठ सुर्जाहा कट्टीमा लाखौको आम्दानी रहेता पनि ब्यवस्थापन बिना मठ नै जिर्ण बनेको छ । बिगत सयौं बर्ष अगाडी देखी निर्माण भएको राधाकृष्ण मठको अवस्था एकदमै दैनिय रहेको स्थानियहरु गुनासो गरेका छन ।

मठको आफनो स्वामित्वमा ६७ बिगहा जग्गा रहेको छ । सो मध्ये २५ बिगहाको बालीको २२ लाख रकम र ७ बिगहामा रहेको पोखरीको टेन्डरपाटाबाट ५ बर्षमा ६२ लाख रकम आम्दानी रहेको छ । बाली र पोखरीबाट बार्षिक २२ देखी २५ लाख आम्दानी आउने गरेको छ ।

सोही मठमा रहेको पकहाँ मैनपुर गाउँपालिकाको वडा नम्बर १ धोरेमा ८ बिगहा, वडा नम्बर ४ लहावरथकरीमा ३ बिगहा, सुर्जाहा २ मा २ बिगहा, कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ प्रशुरामपुर बलुवामा ३ बिगहा, जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ६ सन्ठी औराहामा ५ बिगहा, धोबिनी गाउँपालिकाको गुलरिया टोलमा डेढ बिगहा र पोखरीया नगरपालिकाको सतवरिया टोलमा १ बिगहा गरी लगभग ४० बिगहाको बालीबाट आम्दानीको रुपमा मठलाई शुन्य आउँछ ।

सयौं क्वीन्टल धान आम्दानी हुनु पर्नेमा शुन्य अवस्थामा रहेकोले ब्यवस्थापन पक्ष तथा निती, नियम, कानुन र राजनिती कुर्कताले धार्मिक स्थालमा सो ठाउका स्थानियहरु मठमा पुजाआजाका लागी जान नमानेको स्थानिय श्रीकान्त बैठाले बताए । ६७ बिगहा मध्ये रहेको २५ बिगहा जग्गाको बाली र ७ बिगहाको पोखरीको आम्दानी सिधै गुठी संस्थान कार्यालय बिरगंज पर्सामा जम्मा हुने गरेको छ ।

आम्दानी मात्रै लिने गरेको गुठीले जिर्ण रहेको मठको संरचना भत्कने गर्दा पनि मरम्मत नगरेको स्थानियको आरोप छ । केही दिन अगाडी माओवादी द्धन्दकालमा माआ्वादीका जनसरकारले सोही जग्गाका बालीबाट चुही रहेको छत ढलान तथा मरम्मत संभार गराउनुका साथै रंगरोगन समेत गराएको स्मरण स्थानिय तथा मठका चौकीदार अवधेश बैठाको रहेको छ ।

स्थानिय श्रीकान्त बैठका अनुसार पोखरीको आम्दानी, बगैचाको आम्दानी, खेतीपाती, गाईभैसीबाट आउने आम्दानी नियमित आईदियो भने यस्तो जिर्ण हुने अवस्था हुने थिएन । मठकै जग्गामा प्रहरी केम्पको स्थापना पनि छ । बर्तमान अवस्थामा जगरनाथपुर गाउँपालिकाका सन्ठी निवासी मनिष पाण्डे १५ हजारको तलबबाट पुजाआजा गर्दै आएका छन ।

एक भारतीय नागरिक भारत बिहारको पश्चिमी चम्पारणमा पर्ने चनपटिया निवासी बिनय मिश्रा भन्डारीको रुपमा ६ हजारको तलबमा कार्यरत छन भने मठको रेखदेखका लागी स्थानिय सुर्जाहा निवासी अवधेश बैठाले बार्षिक ३५ मन धान लिएर काम गर्दै आएका छन । तीनै जनाको तलब गुठी संस्थान वीरगंजले दिइएको पुजारी मनिष पाण्डेले बताए ।

मठकै जग्गामा विश्व विद्यालयका लागी अवलोकन भएको छ भने गाउँपालिकाको परिषदले पारित गर्दै बिश्वबिधालय संचालनका लागी सिफारिस तथा अपिल पनि गरिसकेको प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहाले बताए ।

कुश्वाहका अनुसार पालिका अध्यक्ष सुरेश मेहता सहितका टोलीले मठको अवलोकन र अनुगमन गर्दै आर्थिक बर्ष २०८०।०८१ को बजेटमा केही बिनियोजन गर्ने बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...