Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सर्वोच्चको आदेश विरुद्ध वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । नागरिकता विहीन नागरिक संघर्ष समिति वीरगंजले ‘जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने तथा आमाको नामबाट नागरिकता दिनुपर्ने’ माग गर्दै वीरगंजमा विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको विरोधमा घण्टाघरमा जम्मा भएका संघर्ष समितिका युवाहरुको समूह नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । सर्वोच्चको अल्पकालीन आदेशले आफुहरु थप पीडामा परेको नागरिकता विहीन नागरिक संघर्ष समिति वीरगंजका अध्यक्ष विवेक रौनियारको भनाई छ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशन भइसकको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पुर्वाग्रही रहेको उनको आरोप थियो । उनले सर्वोच्चको कदमलाई समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी ओली मधेस विरोधी भएको आरोप लगाए ।

उनले रबि लामिछानेले अमेरिका र नेपाल दुबैको नागरिकता, पासपोर्ट लिन पाउने तर हामी एउटा पनि नागरिकता लिन नपाउने ? हामी यस देशको नागरिक होइनौं ? भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्विर समेत जलाएका थिए । सर्वोच्चले आफ्नो पुर्वाग्रही फैसला तत्काल नसच्याए नागरिकता विहिन लाखौं युवायुवतीहरु अब आत्मदाहको स्थितिमा पुग्न बाध्य हुने आन्दोलनकारीहरुले चेतावनी समेत दिएका छन् ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकाले नयाँ नागरिकता ऐन अनुसार सोमबारदेखि हुने भनिएको नागरिकता वितरण कार्य जिल्ला प्रशासन कार्यालय पर्साले रोकेको छ । सोमबारदेखि ऐन अनुसार नयाँ नागरिकता वितरणको लागि जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार नै एक सूचना जारी गरेको थियो । तर आइतबार नै सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले नागरिकता ऐन कार्यन्वयन नगर्न आदेश दिएकोले नयाँ नागरिकता वितरण कार्य रोकिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

देशको दुवै सदनबाट दुई/दुई पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरेका थिए । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ ऐनअनुसार नागरिकता वितरण गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गैरसंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ भने अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...