Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026

अत्यधिक गर्मी बढेपछि पर्साका विद्यालहरु बन्द हुँदै

spot_img
spot_img

वीरगंज । अत्यधिक गर्मी बढेपछि पर्सामा विद्यालयहरु बन्द हुन थालेका छन् । विभिन्न पालिकाहरुले अत्यधिक गर्मीले विद्यालहरुमा पठनपाठन गर्न कठिनाई सृजना भएकाे भन्दै विदा दिन थालेकाे हाे । पर्साका अधिकांश पालिकाहरुले बर्षे विदाबाट काटा हुने गरी ४ दिनदेखि १० दिन सम्म विदा दिएका छन् ।

पर्साकाे विन्दवासिनी गाउँपालिका बिहिबार एक सुचना जारी गर्दै पालिका अन्तर्गतका सामुदायिक तथा निजि विद्यालयहरुमा गर्मी विदा दिएकाे छ ।

गाउँपालिकाले प्रतिकुल मौसमका कारण अत्यधिक गर्मीले गर्दा विद्यालयहरुमा पठनपाठन गर्न कठिनाई सृजना भएको हुदाँ बिन्दवासिनी गाउँ कार्यपालिका कार्यालयकाे जेठ १८ गतेकाे निर्णय अनुसार गाउँपालिका क्षेत्रभित्र संचालित सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जेठ १९ गते देखि जेठ २२ गते सम्म विदा दिएकाे हाे ।

गाउँपालिकाकाे शिक्षा शाखा प्रमुख कपिल लामिक्षानेद्वारा हस्ताक्षरित सूचनामा वर्षे विदाबाट मिलान हुने गरी बिदा गर्नु/गराउनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध  गरिएकाे छ ।

पकहाँ मैनपुरमा ६ दिन विदा

यसैगरी पकहाँ मैनपुर गाउँपालिकाले पनि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गर्मी विदा दिएकाे छ । गाउँ कार्यपालिका कार्यालयको जेठ १८ गतेको निर्णयानुसार हाल बढदो अत्याधिक गर्मीको कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै जेठ २१ गते आईतवार देखि जेठ २६ गते शुक्रवार सम्म विदा दिइएकाे निमित प्रमुख प्रशासकिय अधिकृत सुधाँशु शेखर प्रसादले वताए ।

वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गतका बालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने उनले जानकारी दिए ।

कालिकामाईमा ८ दिन विदा

यसैगरी कालिकामाई गाउँपालिकाले पनि सामुदायीक तथा संस्थागत विद्यालयहरु गर्मी विदा दिएकाे छ । गाउँपालिकाले बढदो अत्याधिक गर्मीका कारण वालवालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै जेठ १९ गते शुक्रवारदेखि जेठ २६ गते शुक्रवार सम्म ८ दिन  विदा दिइएकाे जनाएकाे छ ।

वर्षे विदावाट कट्टा हुने गरी गाउँपालिकाका अन्तर्गतका वालविकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन बन्द रहने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिभूषण प्रसाद साहले जानकारी दिए ।

जगरनाथपुरमा ९ दिन विदा

यसैगरी जगरनाथपुर गाउँपालिकाले पनि सामुदायिक, धार्मिक, संस्थागत विद्यालयहरुमा गर्मी विदा दिएकाे छ ।

गाउँ कार्यपालिका कार्यालयको मितिः २०८०।०२।१८ गतेका निर्णयानुसार हाल बढदो अत्याधिक गर्मीको कारण बाल बालिकाहरूको स्वास्थयमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै जेठ १९ गते शुक्रवार देखी जेठ २६ गते शुक्रवार सम्म विदा दिइएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए ।

वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गतका सबै सामुदायिक, धार्मिक, संस्थागत विद्यालयहरू बन्द रहने व्यहोरा उनले जानकारी दिए ।

पटेर्वा सुगाैलीमा १० दिन विदा

यसैगरी पटेर्वा सुगाैली गाउँपालिकाले पनि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा दिएकाे छ ।

गाउँ कार्यपालिका कार्यालयको मिति २०८०।०२।१८ गतेको निर्णयानुसार हाल बढदो अत्याधिक गर्मीको कारण बालवालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्ये नजर गर्दै जेठ १९ गते देखी जेठ २८ गते सम्म विदा दिइएकाे प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले वताए ।

वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गतका बालविकास केन्द्र देखी कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने उनले जानकारी दिए ।

सखुवा प्रसाैनीमा पनि ८ दिन विदा

यसैगरी सखुवा प्रसाैनी गाउँपालिकाले पनि सम्पूर्ण विद्यालयहरुमा गर्मी विदा दिएकाे छ ।

अत्यधिक गर्मीको कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले मिति जेठ १९ गते शुक्रबार जेठ २६ गते शुक्रबार सम्म वर्षे विदा वाट कट्टा हुने गरी गर्मी विदा गरिएको गाउँपालिकाकाे शिक्षा शाखा प्रमुख नेपाल इन्दु शाहले जानकारी दिए ।

छिपहरमाईमा पनि ६ दिन विदा

यसैगरी छिपहरमाई गाउँपालिकाकाले पनि सम्पूर्ण विद्यालयमा गर्मी विदा दिएकाे छ । 

गर्मी बढ्दै गएपछि विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले जेठ २१ गते आइतबारदेखि जेठ २६ गते शुक्रबारसम्मका लागि गाउँपालिकाका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा गर्मी विदा दिएकाे हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले बिहिबार एक सूचना गर्दै गाउँपालिका अन्तर्गतका विद्यालयमा बर्षे विदाबाट मिलान हुने गरि विदा दिइएकाे जनाएका छन् । उनले पुन: जेठ २८ गते आइतबारदेखि नियमित विद्यालय समयमा सञ्चालनमा आउने पनि जनाएका हुन् ।

वीरगंजका विद्यालय पनि ८ दिनकाे लागि बन्द

यस अघि नै वीरगंज महानगरपालिकाले सम्पूर्ण शिक्षण संस्थाहरुमा शुक्रबारदेखि ८ दिनका लागि विदा दिइसकेकाे छ ।

बढ्दाे गर्मीका कारण बालबालिकाहरुकाे स्वास्थ्यमा प्रभाव परिरहेकाे भन्दै वीरगंज महानगरपालिकाकाे कार्यालयले बुधबार नै सूचना जारी गर्दै जेठ १९ देखि जेठ २६ सम्म महानगरमा रहेका बालविकास देखि कक्षा १२ सम्मकाे पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएकाे जनाएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लायन्स क्लब अफ वीरगंजको नेतृत्व दिगम्बर थापालाई, पद हस्तान्तरण सम्पन्न

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज परिवारको लायन वर्ष (LY) २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम आइतबार वीरगञ्जस्थित...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ‘जबज’को सान्दर्भिकतामाथि विमर्श

वीरगञ्ज । नेकपा एमालेका नेता तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले वर्तमान राजनीतिक परिवेशमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता झन् बढ्दै गएको बताएका छन्। मदन...

सशस्त्र प्रहरीको सक्रियता : पर्सामा २३ लाखका तस्करीका सामान नियन्त्रणमा

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ल्याइएका तथा लैजाँदै गरिएका करिब २३ लाख...