Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पार्टीका नेताप्रति भएको दुर्व्यवहारकाे अध्यक्ष चाैधरीद्वारा भत्र्सना

spot_img
spot_img

वीरगंज । नेकपा (एकिकृत समाजावादी) पार्टी बीरगन्ज महानगर कमिटिले पार्टीका सम्मानित नेता प्रति भएको दुर्व्यवहारकाे घोर भत्र्सना गरेको छ । नेकपा (एकिकृत समाजावादी) पार्टीका बीरगन्ज महानगर कमिटि अध्यक्ष मनोज चौधरीले संचारकर्मीहरुसँग कुराकानी गर्दै घटनाको बिरोध गर्नुको साथै आफ्नो फेसबुक पेज मार्फत घटना निदनीय रहेको उल्लेख गर्नु भएको छ ।

पार्टीका सम्मानित नेता झलनाथ खनाल माथि केही पुनरुत्थानवादीहरुका मतियार तथा अराजक तत्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गर्ने, नारावाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटना निदनीय रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।

उनले देशको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनमा अग्रनी भुमिका खेलेका नेताको अपमान हुनु दुखद भएको बताउँदै दोषीलाई यथासिघ्र कानुनी दायरा ल्याउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

अगामी दिनमा यस्ता घटना नदोहरियोस तर्फ सरकार संचेत हुनु पर्ने बताउँदै नेता चौधरीले हाम्रो गौरवशाली नेताहरु उपर भइरहेको श्रुखलावद अपमान जनक टिक्का टिप्पणी तथा अभद्र व्यवहार नरोकिए बीरगन्ज सहित देशभरी आन्दोलनको बिगुल फुक्न युवाहरु पछि नपर्ने अध्यक्ष चौधरीले चेतावनी दिनु भयो । घटनाको पार्टी केन्द्रीय कार्यालयले समेत बिज्ञप्ती निकाली भत्सना गरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...