Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

नागरिकता विधेयक प्रमाणीकरण भएपछि सांसद यादवद्वारा खुसी व्यक्त

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलप्रति आभार व्याक्त गरेका छन् ।

यसअघिकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई/दुई पटक अस्वीकृत गरेको नागरिकता विधेयक बुधबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) समेत रहेका यादवले राष्ट्रपति पौडेललाई धन्यवाद दिएका हुन् ।

राष्ट्रपतिलाई धन्यवाद दिँदै यादवले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ,‘निरन्तर पहल र लामो सङ्घर्ष पश्चात आज अन्ततः सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । विधेयक प्रमाणीकरण गर्नुहुने सम्माननीय राष्ट्रपतिज्यूसहित सङ्घर्षमा सहयोग गर्नुभएका सबै प्रति आभार व्यक्त गर्दछु ।’

लाखौँ नागरिकताविहिन युवाहरुको आवाज बनेर आफूले सदन र सडक मार्फत उठाउँदै आएको माग आज बुधबार पूरा हुँदा आफू निक्कै हर्षित भएको उल्लेख गर्दै यादवले खुसी व्यक्ति गरेका छन् ।

संविधानमा उल्लेख भएअनुसार राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण भएसँगै लाखौँ युवाहरुले नागरिकता प्राप्त गर्दै एउटा सुनौली भविष्य तर्फको आफ्नो यात्रा अगाडि बढाउँने यादवको विश्वास छ ।

पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले सदन र सडक मार्फत निरन्तर नागरिकताको विषयलाई उठाउँदै आएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...