Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

शैक्षिक गुणस्तर सुधारको लागि पालिकालाई युवा संजालकाे ध्यानाकर्षण

spot_img
spot_img

वीरगंज । युवा संजाल केन्द्र, पटेर्वासुगौली गाउँपालिकाका सदस्यहरुले शैक्षिक गुणस्तर सुधारको माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संविधानमा सुनिश्चित गरिएको मौलिक अधिकारसँगै आधारभुत तहको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निशुल्क रहने व्यवस्था भएता पनि पालिकाले अहिले सम्म कार्यान्वयन नगरेको भन्दै ध्यानआर्कषण पत्र बुझाएका हुन् ।

पालिकाले शिक्षा नियामावलीमा उल्लेखित भए बमोजिम शिक्षक तथा कक्षाकोठाको व्यवस्था, विपन्न, गरीब बालबालिकाहरुलाई उच्च शिक्षा पढ्नको लागि छात्रबृत्ति सहयोग गर्ने व्यवस्था, विद्यालयमा अपांगमैत्री तथा लैंगिक मैत्री भौतिक संरचना निर्माण, गरिब, विपन्न, जेहेन्दार, दलित, लक्षित तथा सिमान्तकृत वर्ग र पिछाडिएको क्षेत्रका बालबालिकाहरुको विधालयमा पहुँच बढाउन र टिकाउन उनीहरुले माग गरेका छन् ।

यसैगरी छात्रवृत्ति व्यवस्था, कुल बजेटको कम्तीमा शिक्षा क्षेत्रमा २०% बजेट शिक्षामा छुट्याउनु पर्ने र लैगिंक संबेदनशीलता र समाबेशीताको बिषयलाई संम्बोधन गर्नै गरि बजेटको विनियोजन सुश्चिता, शैक्षिक बजेट तथा कार्यक्रम योजना निमार्णको प्रक्रियामा युवाको संलग्नताको माग राखि गाउँपालिकाका शिक्षा प्रमुख शोलेन्द्र पंञ्जीयारलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाए पश्चात शिक्षा प्रमुख शोलेन्द्र पञ्जीयारले यि सबै मागलाई पुरा गर्नको लागी सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकाे युवा संजाल केन्द्रले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...