Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

महोत्तरीमा एनएमबी बैंकबाट हतियारधारीले दिउँसै लुटे ३५ लाख

spot_img
spot_img

वीरगंज । महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट ३५ लाख रुपैयाँ लुटिएको छ । मंगलबार दिउँसो साढे १२ बजेको करिबमा महोत्तरी गाउँपालिका- २ स्‍थित बैंकको शाखामा प्रवेश गर्दै हतियारधारी समूहले लुटपाट गरेका हुन् ।

बन्दुक देखाएर बैंकमा प्रवेश गरेको समूहले ३५ लाख रुपैयाँ लुटेर लागेको बैंकले प्रारम्भिक जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलिपकुमार गिरीका अनुसार चार जना अज्ञात समूहले बैंकमा प्रवेश गरेर बन्दुक देखाउँदै लुटपाट गरेका हुन् । उनीहरुले लुटपाट गरिरहेको बैंकको सीसीटिभी फूटेज  पनि सार्वजनिक भएको छ । 

लुटेराहरुले मुखमा मास्कले छोपेको कारण उनीहरुको पहिचान गर्न कठिनाइ भइरहेको प्रहरीको भनाई छ ।  ‘हतियारसहित आएका चार जना व्यक्तिहरूले लुटेर फरार भएका छन् । अनुसन्धान गर्न हामी घटनास्थलमै छौं,’ उनले भने ।

प्रहरीले उनीहरुको खोजीलाई तीव्र बनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...