Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

भिस्वाबाट देवी बसमा लागु औषध बरामद, दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले भिस्वाबाट काठमाडाैं चल्ने देवी बसबाट लागु औषध बरामद गरेकाे छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पाेखरिया मातहतकाे प्रहरी चाैकी भिष्वाबाट खटिएकाे प्रहरी सहायक निरिक्षक बिन्देश्वर यादवसहितकाे प्रहरी टोलीले बसबाट लागु औषध बरामद गर्नुकाे साथै दुई जनालाई पक्राउ समेत गरेकाे हाे ।

पक्राउ पर्नेमा बसेका सहचालक पर्साकाे धोबिनी गाउँपालिका वडा नं. ४ लंगडी निवासी ४५ बर्षिय नुरेश मियाँ तेली र बस चालक दोलखाकाे भिमेश्वर नगरपालिका वडा नं.८ निवासी ४२ बर्षिय दुर्गा राज खत्री रहेका छन् । 

पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं.५ भिष्वास्थित ब्रम्हस्थान नजिक खाली जग्गामा पार्किङ गरि राखेको बागमती प्रदेश ०३-००१ ख. १८१० नम्बरको यात्रु बाहक बसबाट लागु औषध बरामद भएकाे प्रहरीले जनाएकाे छ । 

हेरचाहको लागि सोही बसमा भेटी‍एका बसका सहचालक नुरेशसंग उक्त बसको डिक्कीहरु खोल्न लगाई चेकजाँच गर्दा उक्त बसको पछाडी डिक्की भित्र प्लास्टिकको बाल्टिनमा राखीएको कपडाको झोला भित्र कागजले बेरिएको ८ वटा पोका रहेको मध्ये ३ वटा पोकामा लागू औषध बरामद भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

प्रहरीका अनुसार ३ वटा पाेकामा नुफिनको एम्पुल ५०० पिस, लागू औषध फेनारगनको एम्पुल ५०० पिस र २ वटा पोकामा लागू औषध डाइजेपामको एम्पुल ५०० पिस गरी जम्मा १५०० पिस लागू औषधको एम्पुलहरु फेला परेको हाे ।

त्यसपछि उक्तकाे बसको सह चालकलाई पक्राउ गरी उल्लेखित नम्बरको बस चालकको नामथर वतन समेत सोधपुछ गर्दा जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं.८ बस्ने दुर्गा राज खत्री बताएकोमा उक्त लागू औषध बरामद गरी निजलाई सँगसाथमा लिई बस चालक दुर्गा राज खत्रीलाई समेत खोजतलास गर्दै जाँदा निजको आफ्नै डेरा कोठाबाट निजलाई फेला पारी पक्राउ गरीएकाे प्रहरीकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...