Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

गणतन्त्र दिवसमा वीरगंज कारागारबाट १९ कैदी रिहा

spot_img
spot_img

वीरगंज । गणतन्त्र दिवसकाे अवसरमा साेमबार वीरगंज कारागारबाट १९ जना कैदीबन्दीलाई रिहा गरिएको छ । विभिन्न मुद्दामा कैदी जीवन विताईरहेका १४ जनालाई कैद मिनाहा र ५ जनालाई आममाफी दिईएको हो ।

१६ औं गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले देशभरका विभिन्न कारागारमा रहेकामध्ये ५०१ जना कैदीको सजाय माफी दिएका छन् । त्यहिमध्ये सोमबार वीरगंज कारागारबाटपनि १९ जना कैदी साजय माफी पाएर रिहा भएका हुन् ।

रिहा हुनेहरु सवारी ज्यान मुद्दा, चोरी मुद्दा, हातहतियार, ज्यान मार्ने उद्योग, मानिसको लापरवाहीले ज्यान गएको, वन पैदावार, चोरी लगायतका रहेको वीरगंज कारागारका सुचना अधिकारी नवराज बर्तौलाले जानकारी दिए ।

कैदी मिनाहा हुनेहरुमा रामसिंह राय थारु, ओमप्रकाश सहनी मलाहा, प्रकाश कार्की, चन्दन कुमार, श्याम महतो कोईरी, नागेन्द्र प्रसाद कलवार, प्रज्जवल तिवारी लगायतका रहेका छन् ।

आम माफीतर्फबाट प्रमोद महतो, रामप्रसाद साह कानु, राजेश्वरप्रसाद साह कानु, जोगिन्दर सिंह राजपुत र मुनिलाल साह कानुलाई बिदाई गरिएको सुचना अधिकारी बर्तौलाले बताए । 

चालचलनमा सुधार र भुक्तान हुनुपर्ने कैद समयको पचास प्रतिशत भुक्तान गरिसकेकाहरुलाई रिहा गरिएको वीरगंज कारगारले जनाएको छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...