Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

पकहाँ मैनपुर गाउँपालिकाद्वारा अगामी बजेटको लागि सुझाव माग

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाले आ.व. २०८०/८१ को बार्षिक नीति, कार्यक्रम तथा बजेटको विषयमा सुझाव मागेकाे छ | सबल स्वच्छ सम्मुनत पकाहामैनपुरको नारा सहित अगामी बार्षिक बजेट तथा कार्यक्रमको लागि योजना छनौटको क्रममा गाउँपालिका रहेकोले आइतबार एक सूचना जारी गर्दै सुझाव माग गरेकाे हाे ।

२०८० असार १० गते गाउँ सभामा समेत बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने भएकोले यस गाउँपालिकाको सम्मुनतिको लागि २०८०/०२/२५ गते सम्म बजेट तथा कार्यक्रमको बिषयमा रचनात्मक, कार्यन्वयन योग्य, समावेशी, सबै क्षेत्र (आर्थिक, सामाजिक, राजनीतिक प्रशासनिक तथा जलवायु तथा अन्य क्षेत्र) मा सुझाब तथा सल्लाहको लागि आग्रह गरिएकाे गाउँपालिका अध्यक्ष सुरेश मेहताले वताए ।

प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाद्वारा जारी सूचनामा सुझाब तथा सल्लाहको लागि सरकारी तथा गैरसरकारी संग संस्था, फर्म, बुद्धिजीवी, विज्ञ, राजनैतिक दल, ब्यवसायी, सामाजसेवी, पेशाकर्मी, कर्मचारी, पत्रकार, स्वदेश तथा विदेशमा रहनुहुने गाउँवासी आमा, बुबा, दाजुभाई, दिदि बहिनि तथा सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गरिएकाे छ ।

राय/सुझाब पठाउने बिधि इमेल : pakahamainpurmun@gmail.com, वाटसप : ९८५५०१६३४७, योजना शाखा : सुधान्सु शेखर प्रसाद (९८०६८७४०६२), आइटी शाखा : जे पी यादव (९८१४२८८७२३) समेत सार्वजनिक गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...