Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

सिर्सिया नदी प्रदुषणमुक्त अभियानमा पर्साका सांसदकाे ऐक्यबद्धता

spot_img
spot_img

वीरगंज । वीरगंजकाे सिर्सिया नदीको प्रदुषण र अतिक्रमण नियन्त्रणको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका अभियन्ताहरुलाई भेटेर पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले उनिहरुको माग प्रति ऐक्यबद्धता जनाएका छन् ।

आइतबार अपरान्ह ४ बजेतिर धर्नास्थलमै पुगेर जसपाका प्रमुख सचेतक समेत रहेका यादवले धर्नामा बसेकाहरुसंग भेटेर उनिहरुको मागप्रति आफनो समर्थन र ऐक्यबद्धता जनाएका हुन् । त्यसक्रममा धर्नामा बसेका चुरे तथा वनजंगल संरक्षण अभियानका संरक्षक सरोज राय, संयोजक सुनिल यादवसहितका अभियन्ताहरुले सांसद यादवलाई आफुहरुको मागसहितको ज्ञापनपत्रपनि बुझाएका थिए ।

सांसद यादवले “वीरगंजकाे सिर्सिया नदिको प्रदूषित पानी बोकेर पदयात्रा गर्दै काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना दिइरहनु भएका चुरे तथा वनजंगल संरक्षण अभियानका साथीहरुसंग भेटघाट गर्दै उहाँहरुको मागपत्र बुझेको छु । उहाँहरुको धर्नामा मेरो ऐक्यबद्धता छ । संघीय सरकारको उदासिनताका कारण दसकौंदेखि प्रदूषण र अतिक्रमणको चपेटामा परेको सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन सकिएको छैन ।” समाजिक संजाल फेसबुकमा लेखेका छन् ।

धर्नामा बसेका अभियन्ताहरुसंग कुरा गर्दै सांसद यादवले सिर्सिया नदिलाई प्रदूषित बनाउने उद्योगहरुलाई कारवाही गर्न सरकार र सम्बन्धित मन्त्रालयले कदम अगाडि बढाउनुपर्नेमा जोड दिए । यस अभियान बारे आफुले यसअघिनै संसद मार्फत सरकारको ध्यानाकर्षण गराइसकेको बताउँदै सांसद यादवले अब फेरिपनि ययसबारे सरकारलाई दबाब दिने वाचापनि गरेका हुन् ।

यसैगरी पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य अजय कुमार चाैरसिया र पर्सा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ताले पनि धर्नामा बसेका अभियान्ताहरुसंग भेटेका छन् । धर्ना स्थल मै पुगेर सांसदद्वय चाैरसिया र गुप्ताले आफुहरुसंग भेटघाट गर्दै माग प्रति एवबद्धता जनाउनु भएकाे अभियान्ता सराेज रायले वताए ।

धर्ना स्थल पुगेका सांसदहरुलाई अभियान्ताहरुले आफ्नाे मागसहितकाे ज्ञापन पत्र समेत बुझाएका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...